बीमा

युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम यही मिति २०८० माघ २० गते कोहलपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको …

पुरा पढ्नुहॊस »

एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको १८९ औं बैंठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित नाफाबाट प्रस्तावित लाभांश वितरण पश्चात कायम हुने …

पुरा पढ्नुहॊस »

नेशनल लाइफले अभिकर्तालाई गरायो लुम्बिनी र रानीमहल भ्रमण

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । लुम्बिनी लक्जरी टुरअन्तर्गत उत्कृष्ट अभिकर्ताहरूलाई लुम्बिनी र रानी महल भ्रमण गराइएको कम्पनीले जनाएको छ । भ्रमणमा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरू र देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब ४०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताले भ्रमणमा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुख …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाईफले गर्‍यो बिमा सचेतना कार्यक्रम

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि केसि प्रधानाध्यापक टंक प्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न …

पुरा पढ्नुहॊस »

हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरणमा छुट

काठमाडाैं । हिमालयन लाइफ ईन्स्योरेन्सले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा छुट दिने जनाएको हो । जस अनुसार कम्पनीले ३ वर्षसम्म व्यतीत अवधि भएको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने उल्लेख गरेको छ । त्यसैगरी, ३ वर्षदेखि ५ वर्षसम्म व्यतीत रहेको बीमालेख नवीकरण गर्दा ५० प्रतिशत छुट दिने जनाएको छ । यसैगरी, …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरले ५ वडाबाट बीमितलाई सेवा दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ । त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा …

पुरा पढ्नुहॊस »

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४ लाखकाे बिमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमाबापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत मंसिर २२ गते मलेसियामा ज्यान गुमाएका सल्यानको कालिमाटी गाउँपालिका– ५ निवासी रामबहादुर घर्तिकी श्रीमती काशीमाया घर्तीलाई घरमै पुगेर कम्पनीको सुर्खेत शाखाले बिमा दाबी भुक्तानी गरेको हो । मृतक बिमित रामबहादुरको बिमा रकम सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी तथा जनप्रतिनिधि निमबहादुर बुढामगरको रोहबरमा भुक्तानी गरिएको बताइएको छ ।

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया

काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा रतन लाल केडिया चयन भएका छन्। कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरुमध्येबाट अध्यक्षमा रतन लाल केडिया लाई चयन गरेको हो । साधारणसभाले रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्कालाई संचालक चयन गरेको थियो । अध्यक्ष रतन …

पुरा पढ्नुहॊस »

नेशनल लाइफद्वारा अभिकर्ताहरूलाई सम्मान

काठमाडौं । भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले भैरहवामा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रमको उद्घाटन गर्दै विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरेका हुन् । तोकिएको बीमाशुल्क सङ्कलन गरी नेपालभरबाट योग्य भएका ४ जना सी.ओ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान गरेको हो ।

पुरा पढ्नुहॊस »

लुम्बिनी बिजनेस समिटमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने

काठमाडौँ । लुम्बिनी बिजनेस समिट २०८० को फाइनान्स साझेदारका रूपमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडिबुटी, पर्यटन, साना, मझौला, स्टार्टअप र नवप्रर्वतनलगायतका व्यवसायको विकास गर्दै प्रदेशस्तरमा लगानीको अवसर र यसको प्रवर्द्धनका लागि पहिलो पटक प्रदेशस्तरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । साझेदारी सम्बन्धी समझदारी पत्रमा रिलायन्स फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र आयोजक संस्थाहरूको तर्फबाट नेपाल बिजनेस इन्स्टिच्युट कार्यकारी अध्यक्ष विशाल …

पुरा पढ्नुहॊस »