नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘डबल ए माइनान्स’ रेटिङ

काठमाडौं । नेपाली जीवन बीमा बजारमा अग्रणी भूमिका खेल्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट ‘डबल ए माइनस’ (ICRA NP AA-) रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने उच्च क्षमता र न्यून जोखिमलाई संकेत गर्दछ ।

सन् २००१ देखि निरन्तर जीवन बीमा सेवा प्रदान गर्दै आएको नेपाल लाइफले देशभर १९० भन्दा बढी शाखा सञ्जाल विस्तार गरिसकेको छ। यसको सफल यात्रामा अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन समूहको महत्वपूर्ण भूमिका रहेको छ ।

बजार नेतृत्व र वित्तीय सुदृढता

नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमा आम्दानीमा २५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्दै जीवन बीमा क्षेत्रमा आफ्नो नेतृत्वदायी स्थान कायम राखेको छ। कम्पनीको निरन्तरको नाफा वृद्धि र प्रिमियम संकलनमा भएको सुधारले यसको वित्तीय सुदृढतालाई थप बल पुर्‍याएको छ।

पहिलो वर्षको प्रिमियममा केही उतारचढाव देखिए पनि नवीकरण प्रिमियम आम्दानीबाट कम्पनीले उल्लेखनीय मुनाफा आर्जन गर्दै आएको छ। कम्पनीको लगानी रणनीति पनि निकै सुदृढ देखिन्छ। स्थिर आम्दानी प्रदान गर्ने निक्षेप र सुरक्षित साधनहरूमा गरिएको लगानीले कम्पनीलाई दिगो र सुरक्षित प्रतिफल सुनिश्चित गरेको छ।

हाल ब्याजदर घट्दो क्रममा रहे तापनि नेपाल लाइफले औसतमा ९.३ प्रतिशतसम्म ब्याजदर प्राप्त गर्न सफल भएको छ। कम्पनीको करिब ९९ प्रतिशत व्यवसाय बचतमुखी बीमामा आधारित हुनुले यसको दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थितिलाई जनाउँछ।

बीमा प्राधिकरणको मापदण्डभन्दा माथि

२०८२ साउनसम्ममा कम्पनीको सोल्भेन्सी अनुपात करिब १४५ प्रतिशत रहेको छ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड १३० प्रतिशतभन्दा माथि हो। यसले कम्पनीको वित्तीय जोखिम बहन क्षमता उच्च रहेको प्रमाणित गर्दछ।

नेपाल लाइफले आफ्ना बीमा जोखिमहरूलाई नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेड मार्फत पुनर्बीमा गरी जोखिम व्यवस्थापनमा पनि परिपक्वता देखाएको छ। समग्रमा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी वित्तीय बजारमा एक भरपर्दो र सुदृढ संस्थाका रूपमा स्थापित भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री