नेशनल लाईफको सीओओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको होटल वाटरफ्रन्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्यूको सभापतित्वमा सीओओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य हुनुभएका २२० जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवम् गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीओओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सीओओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र संकलनमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीओओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जानेबारे जानकारी गराए । साथै, उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरू ल्याउने क्रममा सीओओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जनाभन्दा बढी अभिकर्ताहरू छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको बताए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजीम रजाले तालिम प्रदान गरेका थिए । तालिमको क्रममा उनले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरैभन्दा धेरै व्यक्तिहरूसँग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र साहस चाहिने बताए ।

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लाने ऊर्जा मिलेको सहभागी अभिकर्ताहरूले जानकारी गराए । यसै गरी कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री