काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन् । अभिकर्ताहरूले उठाउँदै आएका माग सम्बोधन गर्न नसक्ने भन्दै उनले राजीनामा दिएको बुझिएको छ ।
विशेषगरी, अभिकर्ताहरूले प्रतिहजार ५० रुपैयाँ बोनस वृद्धिको माग राख्दै आएका थिए, जसलाई सम्बोधन गर्न नसक्ने भएपछि सीईओ कर्णले यो कदम चालेको बताएका छन् । केही समययता हिमालयन लाइफका अभिकर्ताहरूले विभिन्न मागसहित आन्दोलन चर्काउँदै आएका छन् ।
यस आन्दोलनको मुख्य बटमलाइन अभिकर्ताहरूको पारिश्रमिक र सुविधा वृद्धि रहेको छ, जसमा प्रतिहजार ५० रुपैयाँ बोनस प्रमुख मागका रूपमा अगाडि आएको थियो । सीईओ कर्णले उक्त माग पूरा गर्न कम्पनीको आर्थिक अवस्थाले नदिने भन्दै राजीनामा दिएपछि यो विवादले नयाँ मोड लिएको छ ।
कर्णको राजीनामासँगै हिमालयन लाइफ इन्स्योरेन्सभित्रको आन्तरिक कलह र अभिकर्ताहरूको असन्तुष्टि थप छताछुल्ल भएको छ । यसले कम्पनीको भावी नेतृत्व र अभिकर्ता सम्बन्धमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।




