स्वास्थ्य

अत्यावश्यक औषधि मौज्दात राख्न निर्देशन

काठमाडाैं । औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने निर्णय गरेको छ। भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा अभाव हुन नदिने र मौज्दात राख्न औषधि व्यवसायीलाई विभागले आग्रह गरेको छ। चाडपर्वका समयमा विशेष गरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ। आज विभागमा औषधि आयातकर्तासित भएको छलफलमा विभागले क्यान्सर, मिर्गौला, मुटुलगायत रोगसित सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई …

पुरा पढ्नुहॊस »

यसरी बच्न सकिन्छ रुघाखोकी बाट

काठमाडाैँ । जाडोको मौसममा रुघाखोकी लाग्नु सामान्य कुरा हो । रुघा लागेपछि टाउको दुख्ने, गलामा समस्या आउने, नाक बग्ने लगायतका समस्या आउँछन् । पाँच दिनसम्म यस्तो समस्या हुनु सामान्य हो तर त्यसभन्दा बढी भयो भने चाहिँ चिकित्सकलाई देखाउनुपर्छ । लामो समयसम्म रुघाको कारण यी हुन्, कम पानी पिउनु मानिसहरू गर्मीमा भन्दा जाडोमा कम पानी पिउँछन् जसले गर्दा शरीरमा पानीको मात्रा पुग्दैन । अझ बिरामी हुँदा शरीरलाई पानीको धेरै आवश्यकता पर्छ …

पुरा पढ्नुहॊस »

चाडपर्वको बिदाका दिन समेत स्वास्थ्यसेवा यथावत हुने

काठमाडौँ । नेपालीको महानपर्व दसैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दसैँ र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा आइतबार जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा सूचारु राख्न ११ बुँदे आग्रह जारी गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या …

पुरा पढ्नुहॊस »

आज विश्व मुटु दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं  । आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ। विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ। विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको तथ्यांक छ। नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। …

पुरा पढ्नुहॊस »

दुर्गममा स्वास्थ्य सेवाः चार सय लाभान्वित

बैतडी । बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि सो कार्यक्रम सञ्चालन भएको थियो । शुक्रबार सम्पन्न कार्यक्रमबाट ३८७ ले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको शिविरमा ८० गर्भवती महिलाको ‘अल्ट्रासाउण्ड’  गरिएको छ  भने २७९ ले सामान्य स्वास्थ्य परीक्षण गराएका …

पुरा पढ्नुहॊस »

बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै

बैतडी । बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुगेका ज्वरोका बिरामीमध्ये तीनजनामा डेङ्गु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनप्रसाद जोशीले जानकारी दिएका छन् । जिल्ला अस्पातलमा डेङ्गु देखिएका तीनै जना बिरामी दशरथचन्द नगरपालिका–१० का रहेका छन् । दुईजनाको जिल्ला अस्पतालमै उपचार गरिएको र एकजनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिश गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

दिनमा ६ घन्टाभन्दा कम सुत्दा बिग्रन्छ मिर्गौला

काठमाडाैँ । दिनभरि काम गरेपछि राति आराम गर्नु जरूरी हुन्छ । राति मज्जाले सुत्दा थकान हट्छ र भोलिपल्ट फेरि काम गर्ने ऊर्जा आउँछ । हालै गरिएको अनुसन्धानले ६ घन्टाभन्दा कम सुत्ने मानिसलाई मिर्गौलाको समस्या हुने देखाएको छ । यसका साथसाथै उच्च रक्तचाप, मोटोपन र मधुमेहको डर पनि हुन्छ । राम्रो निद्रा नपुग्दा मिर्गौला फेल हुने सम्भावना रहन्छ । मिर्गौलाको काम शरीरबाट बेकार पदार्थहरू बाहिर निकाल्नु हो । तर राम्रो नसुत्दा …

पुरा पढ्नुहॊस »

भक्तपुरमा डेंगीका बिरामी बढे

भक्तपुर । भक्तपुरमा डेंगीका बिरामीको संख्या एक सय ४६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुधबारसम्म एक सय ४६ जनामा डेंगी देखिएको हो । जिल्लाका विभिन्न अस्पतालमा परीक्षणपछि डेंगुको संक्रमण रहेको पत्ता लागेको र उनीहरूको उपचार तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले बताए । कार्यालयले डेंगी संक्रमितको पहिचान र रेखदेखसँगै संक्रमण हुन नदिन प्रचार–प्रसार कार्यक्रमलाई तीव्रता दिएको छ । जिल्लामा ८ भादौमा डेंगीको संक्रमण रहेको खुलेको थियो । त्यसयता …

पुरा पढ्नुहॊस »

स्वास्थ्य संस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्रदान गरिरहेका छन् । मन्त्रालयले संविधान कार्यान्वयन भएपछि आज पहिलोपटक ओपिडीतर्फको …

पुरा पढ्नुहॊस »

मुस्ताङको मार्फामा स्वास्थ्य शिविर

मुस्ताङ  । गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्व विद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ। गण्डकीका पूर्व विद्यार्थीहरुको संगठन एग्बोस काठमाडौं  र नर्थ अमेरिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। सो शिविरमा २६ जना विशेषज्ञ चिकित्सकको टोलीले मुटु, दम, क्यान्सर, नाक, कान घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिशाब, स्त्री तथा …

पुरा पढ्नुहॊस »