मनॊरञ्जन

‘छक्का पञ्जा ३’ बन्ने

काठमाडौं । चलचित्र   ‘छक्का पञ्जा’ २ को सफलता पछि  दिपाश्री निरौलाकै निर्देशनमा ‘छक्का पञ्जा ३’  फिल्म बन्ने  भएको छ ।   चलचित्र  ‘छक्का पञ्जा’को तेश्रो श्रृंखलामा यस अघिका दुई श्रृंखलाका प्रायःजसो सबै कलाकारहरु दोहोरिने दिपाश्री  निरौलाले बताएकी छिन् ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘छक्का पञ्जा २, ले अहिले सम्म१० करोड भन्दा बढी कमायो

काठमाडौं । असोज ११ फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र  ‘छक्का पञ्जा २’ ले प्रदर्शनमा आएको ११ दिनमा  १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । देशभरका सयभन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको  चलचित्र ‘छक्का पञ्जा २’ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप …

पुरा पढ्नुहॊस »

नेपाल आईडलका प्रतिस्प्रधी गगनको बताससंगै भिडियो रिलिज

   काठमाडौं ।  नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नबगायक गगन फुँयालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकाछन । बतास सँगै गीतलाई निमुखा युबराजले लेखेका हुन भने पछील्लो समयका चर्चित संगितकार कल्याण सिंहले संगीत दिएका हुन । गोपाल रसाईलीको संगीत संयोजनमा तयार भएको गीत गायक गगन फुँयालको पहिलो एल्बम प्रगती’द चेन्ज’मा समाबेश हुने गीत हो । यस् गीतको भिडियोलाई अनिल के मानन्धरको छाँयाकंनमा सागर राजले निर्देशन …

पुरा पढ्नुहॊस »

ईटहरीमा दीपक र प्रियंकाको झ्याम्म झ्याम्म

चलचित्र ‘छक्का पञ्जा २’ को  प्रचार प्रसार लागि यतिबेला यात्रामा निर्देशक दिपाश्री निरौला, निर्माता तथा अभिनेता दिपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, कलाकारहरु जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, स्वरुप पुरुष ढकाल छन् । फिल्मको प्रचार गर्ने क्रममा शुक्रबार फिल्म युनिट इटहरीमा पुग्यो । दिपक र प्रियंकाले झ्याम्म झ्याम्ममा ठुम्का लगाउँदा दर्शकले हुटिङ गरेर साथ दिएका थिए ।यस्तै  गरी नायिका बर्षा राउत र नायक स्वरुपपुरुष ढकालले ‘नाइलनको सारीमा’ गीतमा नृत्य गरेर मनोरञ्जन प्रदान गरेका …

पुरा पढ्नुहॊस »

ओ.एस नेपाल लाइफ टाइम एचिभमेण्ट अवार्ड – २०७४ बाट सुरेन्द्र महर्जन सम्मानित

काठमाडौ । कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ ओ. एस नेपाल म्युजिक अवार्ड २०७४ बाट ओ. एस नेपाल लाइफ टाइम एचिभमेण्ट अवार्ड – २०७४ (Lifetime Achievement Award 2074) बाट सम्मानित भएका छन्  । सुरेन्द्र महर्जन ‘अमर’ लाई उनले विगत तीन दशकभन्दा लामो समयदेखि साहित्यमा दिएको योगदान र दुई दशक भन्दा लामो गायन तथा चित्रकारीता यात्राको मुल्यांकन गरि उक्त सम्मान दिएको हो । उनका प्रकाशित सोह्र कृति मध्य तीन एल्बम …

पुरा पढ्नुहॊस »

नेपाल आइडल प्रतिस्पर्धी निशान भट्टराई गृह जिल्ला मोरङमा

काठमाडौं ।  चर्चित रियालिटि सो नेपाल आइडलको टप ३ मा पुगेका मोरङ उर्लाबारीका निशान भट्टराईको आफ्नो गृह जिल्ला मोरङमा पुगेका छन् । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापनमा गृह जिल्ला गएका हुन् । गत हप्ताको अन्तिम–४ बाट छनौट हुँदै टप–३ मा पर्न सफल तीनैजना प्रतियोगीलाई आयोजक एपी वान टिभीले आ–आफ्नो गृह जिल्ला पठाएको हो । प्रतियोगीलाई परिवारसँग भेटघाट तथा प्रचारात्मक कार्यक्रमका लागि समय दिएको बताइएको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर  सार्वजनिक भएको छ । कासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी   छिन्। चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रमा दीपकराज गिरीको पटकथा, विकास आचार्य र सामिप्यराज तिमिल्सिनाको कथा, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्र ‘छक्का पन्जा २ असोज ११ …

पुरा पढ्नुहॊस »

नायिका करिष्मा कक्षा ९ मा पढ्दै

काठमाडौं ।   औपचारिक अध्ययनको धोको पूरा गर्न नायिका करिष्मा मानन्धर यस वर्ष मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी छिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेका बताइन् ।सोमबार आयोजित नयाँ शक्तिको एक कार्यक्रममा उनले आफूले कक्षा ९ मा पढ्दै गरेको खुलासा गरेकी हुन् ।

पुरा पढ्नुहॊस »

बडिगार्ड सहित हलमा साम्राज्ञी र सलिन

काठमाडौं । फिल्म ‘ए मेरो हजुर २’ शनिबार देशका सम्पूर्ण हलहरुमा हाउसफूल भएका छन् । निर्देशक झरना थापा, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक सलिनमान बनियाँ, कलाकार सलोन बस्नेतको टिम बालाजुको विजी मल र अष्ट नारायण हल पुगी दर्शकसँग खुसी साटासट गरे । साम्राज्ञी र सलिन बडिगार्ड सहित हल पुगेका थिए। साम्राज्ञीको ‘ए मेरो हजुर २  दोश्रो र सलिनको पहिलो फिल्म हो । प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार ७८ लाखको ग्रस कलेक्सन …

पुरा पढ्नुहॊस »

चलचित्र ‘छक्का पन्जा २’को ‘झ्याम्म झ्याम्म’ बोलको गीतको सार्वजनिक

चलचित्र ‘छक्का पन्जा २’को ‘झ्याम्म झ्याम्म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द रहेका छ । चलचित्रको यो भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन रहेका छ ।भने गीतमा अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले नृत्य गरेका छन् । साथमा, चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की, दीपकराज गिरी र वुद्धि तामाङको नृत्य यो भिडियोमा हेर्न पाइनेछ ।

पुरा पढ्नुहॊस »