मनॊरञ्जन

नीति शाहले किन गाली खार्इरहेकी छिन् ?

काठमाडौं ।  केहि समय पहिले सम्पन्न  मिस नेपाल प्रतिस्पर्धामा ‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेपछि मोडल नीती शाह ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै जापान पुगिन् । उनी त्यहाँ देशकाे प्रतिनिधित्व गर्दै बाेल्नुपर्ने हुन्छ । यस्ताे प्लेटर्फममा नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीबाट देशले अाशा राख्नु गलत हाेर्इन । नेपालबाट प्रतिनिधित्व गर्ने सहभागीले अाफ्नाे देशकाे बारेमा बाेल्दा राम्रो सन्देश दिनुपर्छ ताकी देशकाे मान् बढाेस् । नीती शाहले बोलेको यो कुराको अहिले सामाजिक संजालमा …

पुरा पढ्नुहॊस »

चलचित्र ‘पिजडा ब्याक एगेन’को गीत‘तिमी नी आधा’ सार्वजनिक

काठमाडौं ।चलचित्र ‘पिजडा ब्याक एगेन’को गीत सार्वजनिक भएको छ । माघको पहिलो साता रिलिज हुने चलचित्रको ‘तिमी नी आधा’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । चलचित्रमा निखिल उप्रेती, सारा श्रीपाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सौरभ लामाको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मौनता श्रेष्ठको कथा, हिमाल केसीको एक्सन  रहेको  चलचित्रमा हिमाल केसीको निर्देशन  रहेको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र कान्छीको पहिलो गीत ‘ए चरी चट्ट परी….’ सार्वजनिक

चलचित्र कान्छीको  ‘ए चरी चट्ट परी….बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आकाश अधिकारी निर्देशित यो चलचित्र आगामी माघ २६देखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको छ । चलचित्रमा दयाहाङ र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेस्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ । पुरुषेत्तम प्रधानले छायाँकन गरेको यो चलचित्रको अधिकांश दृश्य मुस्ताङका खिचिएको छ ।

पुरा पढ्नुहॊस »

बलिउड फिल्मको लागि गीत गाउँदै मिलन अमात्य

जहिलेम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…   यी जस्ता अनेकाै‌ं मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्यले बलिउड फिल्मको लागि गीत गाएकी छिन् । कुमुद पन्तको निर्देशनमा बन्न लागेको चलचित्रमा एक कमेडी जनराको चलचित्र हो । गीतको लागि मिलनले फिमेल आवाज दिएकी हुन् भने मेल आवाज विश्वास नेपालको रहेको छ । हिरारत्न शीरिशको शब्द, विश्वास नेपालको संगीतमा बन्ने गीतमा आदेश गर्वुचामको संगीत संयोजन रहेको फिल्मको गीतको …

पुरा पढ्नुहॊस »

नायिका नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

न्यूयोर्क । नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्रु विधामा र नायिका  ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री   विधामा पुरस्कार जित्न सफल भएकी  हुन । नीताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कारबाट उनलाई सम्मान गरिएको थियो ।  

पुरा पढ्नुहॊस »

चलचित्र ‘लम्फू’ मा ‘तरकारीवाली’ कुसुम

काठमाडौं ।  तरकारी बोकेको तस्बिर एक बर्ष अगाडी एकाएक भाईरल बनेर चर्चामा आएकी कुशुम श्रेष्ठलाई ‘तरकारीवाली’ नामले  परिचित छिन् ।  यति बेला  कुशुमलाई  निर्देशक गोपालचन्द्र लामिछानेले   चलचित्र ‘लम्फू’ मा ‘अभिनय गराएको खुलासा भएको छ । यो फिल्ममा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् । कुशुमले   ‘लम्फू’ चलचित्रमा कस्तो  भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन् । पपुलर मल्टिमिडियाकालागि शक्तिवल्दभ घोरासैनीले निर्माण गरेको यो चलचित्रमा कविर खड्का, …

पुरा पढ्नुहॊस »

बल्ल पाए नेपाल आईडलका बिजेता बुद्धले कार

काठमाडौँ । नेपाल आईडलका बिजेता बुद्ध लामाले बल्ल कार पाएका छन ।अन्‍नपूर्ण मिडिया नेटवर्कले ( एपिवान  टेलिभिजन )  नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ कार तथा नगद २० लाख रुपैयाँ प्रदान गरेको छ। त्यस्तै गरी दोश्रो हुने निशान भट्टराईलाई नगद पुरस्कार रु १५ लाख र तेस्रो हुने प्रताप दासलाई  नगद पुरस्कार रु १० लाख पनि सोहि कार्यक्रममा प्रदान गरेको छ। एपिवान  टेलिभिजनले बिजेता घोषणा पश्चात् …

पुरा पढ्नुहॊस »

चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद ब्यापार गर्न सफल

काठमाडौं ।    बिहिबार छठ पर्वको दिन  रिलिज भएको चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद ब्यापार गर्न सफल भएको छ । चलचित्रले पहिलो दिन ४८ लाख १६ हजार ६ सय ८२ रुपैयाँ बराबरको ग्रस कलेक्शन गरेको छ । चलचित्रमा नायक तथा निर्माता रमेश उप्रेती, नायिका केकी अधिकारी , दीपिका प्रसाईको मुख्य भमिका रहेको छ  । दर्शकले  चलचित्रको मेकिङ, कलाकारको अभिनयलाई सर्वाधिक धेरै  रुचाएका छन् ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर  सार्वजनिक भएको छ । सिमोस सुनवारले निर्देशन गरेको फिल्मलाई नायिका निशा अधिकारी निर्माण गरेकी हुन् । फिल्म निर्माणमा निशालाई सिमोसले पनि सहयोग गरेका छन् । फिल्ममा निशाले भने अभिनय गरेकी छैनन् ।चलचित्रमा नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मुख्य भूमिका रहेको छ । चलचित्र  ‘झ्यानाकुटी  मंसिर १ गतेबाट  रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ  । चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत चर्चित भैसकेको छ । चलचित्र ‘रोमियो’  कात्तिक २४  गतेबाट  रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »