मनॊरञ्जन

चरि जस्तै उड्न खोज्दै प्रियंका कार्की (भिडियो)

चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने संगित बसन्त सापकोटाले दिएका छन् । निकै मर्मस्पर्शी गीतले टिपिकल नेपाली लोक शैलीलाई पछ्याएको छ । कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । …

पुरा पढ्नुहॊस »

मकवानपुरकी रुपालाई मिस हेरिटेज २०१७ को ताज

काठमाडौं ।   मिस हेरिटेज २०१७ को ताज मकवानपुरकी रुपा  लामाले  जितेकी छन्  । राजधानीको राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १४ जनालाई पछि पार्दै उक्त उपाधि  हात पारिन् । त्यस्तैगरी बन्दना लामा मोक्तान फस्ट रनरअप भइन् भने सरिता लामा दोङ र संगीता तामाङले सेकेन्ड र थर्ड रनरअपको उपाधि  हात  पारेका छन् । अन्य उपाधिमा मञ्जु शाह मिस टयालेन्ट, रुपा लामा बेष्ट प्रसनालिटी, सिरता दोङ लामा बेष्ट वाक, निरमाया घिसिङ बेष्ट स्माइल, सिमरन पण्डित बेष्ट …

पुरा पढ्नुहॊस »

मिसेस इन्टरनेसनल २०१८ मा नेपाल पनि

काठमाडौं ।    विवाहित महिलाबीच अमेरिकामा हुने मिसेस इन्टरनेसनल २०१८ प्रतियोगितामा अब नेपालको पनि प्रतिनिधित्व हुने भएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले मिसेस नेपाल इन्टरनेसनल २०१७ आयोजना गरी त्यसमा विजयी हुने विवाहित महिलालाई सो प्रतियोगितामा सामेल गराउने प्रबन्ध मिलाएको हो। रिवन इन्टरटेनमेन्टले घरेलु हिंसाविरुद्धको अभियानलाई अगाडि बढाउँदै मिसेस नेपाल इन्टरनेसनल २०१७ आयोजना गर्ने  छ।  आगामी असोज ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने प्रतियोगिताको मुख्य विजेताले पुरस्कारस्वरूप स्कुटर पाउनुका साथै अमेरिकामा हुने …

पुरा पढ्नुहॊस »

हिन्दु नारीहरुका लागि महत्वपुर्ण चाड तिज

हिन्दु संस्कृति अनुसार यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइने गरिन्छ । यो पर्व मुख्यरुपमा नेपाल र भारतमा मनाइन्छ । हिन्दू महिलाहरूद्वारा तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । यो चाडमा माइतीले छोरीरचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा ,मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने,बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ …

पुरा पढ्नुहॊस »

मोडल, संचारकर्मी तथा समाजसेवी राज लुइटेल सम्मानित

काठमाडौँ  । संयुक्त आवाज एकता केन्द्रले आयोजना गरेको कलाकार, समाजसेवी, श्रस्टा सम्मान तथा तिज बिशेष कार्यक्रममा मोडल, संचारकर्मी तथा समाजसेवी राज लुइटेल सम्मानित भएका छन्  । लामो समय देखि संचार क्षेत्रमा रहेर तथा राष्ट्र बिकाशमा र सामाजिक कार्यमा पुर्याएको  विशेष योगादानको कदर स्वरुप राज लुइटेललाइ सम्मान गरिएको थियो  ।त्यस्तै उक्त अबसरमा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्बाह गर्ने अन्य व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो भने कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत जोडदार प्रस्तुति रहेको थियो ।  

पुरा पढ्नुहॊस »

मोडल राज लुइटेलको जन्मदिनको अवसरमा आर्टिष्ट नेपाल फ़ाउण्डेशनको सुरुवात

काठमाडौं ।  मोडल तथा संचारकर्मी राज लुइटेलको जन्मदिनको अवसरमा आर्टिष्ट नेपालले आर्टिष्ट नेपाल फ़ाउण्डेशनको सुरुवात गरि आर्टिष्ट फण्ड जम्मा गर्न सुरु गरेको छ l आर्टिष्ट नेपाल फ़ाउण्डेशनको तर्फ बाट देशमा भईरहेको बिध्यमान परिस्थितिलाई मध्यनजर गरि तराईका बाढि पिडितलाई रु एक लाख सहयोग प्रदान गर्ने भएको छ ।  अबिरल बर्षाका कारण तराईका जिल्लामा आएको बाढि बाट पिडित बनेका नेपाली नागरिकहरुको उद्धार तथा सहयोगार्थ आर्टिष्ट नेपालले सुरु गरेको आर्टिष्ट नेपाल फण्डले बाढी पिडित …

पुरा पढ्नुहॊस »

नायिका तथा निर्मात्री श्वेता खड्काले फिल्म ‘कान्छी’ को मुर्हत

काठमाडौं ।  नायिका तथा निर्मात्री श्वेता खड्काले फिल्म ‘कान्छी’ को मुर्हत गरेकी छिन् । आकाश अधिकारीको निर्देशनमा रहेको   फिल्ममा  कालाकारहरुमा श्वेता , दयाहाङ, निर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहनेछ । भदौको २ गतेदेखि छायाँकन सुरु हुने कान्छीको छायाँकन मनाङ, मुस्ताङ र पोखरा लगायत राजधानीका सुन्दर दृश्यमा छायाँकन हुनेछ । फिल्मको प्रोडक्सनको जिम्मेवारी अरुण रेग्मी र दिलिप पन्तको छ ।

पुरा पढ्नुहॊस »

तीजलाई महिला शसक्तिकरणको पर्वको रुपमा मनाउनुपर्ने

चितवन । नेपाली महिलाको पर्व तीजलाई महिला शसक्तिकरणको पर्वको रुपमा मनाउनुपर्ने चितवनमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । चितवनको नारायणगढमा  भएको तीज विशेष कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले तीज पर्वलाई महिला शसक्तिकरणमा टेवा पु¥याउने पर्वको रुपमा मनाउनुपर्ने बताउनुभएको हो । फेन्सी व्यवसायी संघ र फेन्सी साकोस चितवनको संयुक्त आयोजना भएको कार्यक्रममा उहाँले तीज पर्वको विशेष अवसरलाई भड्किलो नबनाई महिलालाई आत्मनिर्भर बनाउनेतर्फ लैजानुपर्ने बताउनुभयो । तीजपर्वको सन्र्दभमा आयोजीत कार्यक्रमहरु सामाजिक …

पुरा पढ्नुहॊस »

अब महानायक राजेश हमाल फिल्म निर्देशनमा आउने

महानायक राजेश हमालले अब आफू पनि फिल्म निर्देशनमा आउने घोषणा गरेका छन् ।  हमालले एकदेखि डेढ वर्ष भित्रै दर्शकहरुले आफूले निर्देशन गरेको नेपाली चलचित्र दर्शकले हेर्न पाउने बताएका छन् । हमालले अहिले चलचित्रको कथाको बारेमा अध्ययनमा रहेको पनि जानकारी दिएका छन् । उनले   नेपाली मौलिकता झल्कने मुद्दामा चलचित्र निर्माण र निर्देशन गर्ने बताए ।  

पुरा पढ्नुहॊस »

अभिनेत्री केकी अधिकारी निर्मात्री बन्दै

काठमाडौं । अभिनेत्री केकी अधिकारी पनि निर्मात्री बन्ने भएकी छिन् । फिल्म ‘लभ शाशा’ मा कार्यकारी निर्मात्री बनिसकेकी केकी अधिकारी अब निर्मात्री भएर फिल्म बनाउन लागेकी छिन् । केकीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको साथमा डार्क कमेडी फिल्म बनाउन लागेकी हुन् ।    केकी एक नेपाली  अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् ।

पुरा पढ्नुहॊस »