उर्जा

Energy related news.

तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले अर्धजलाशययुक्त आयोजना तल्लो सेती एक सय चालीस मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्नका लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो । आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए । त्यसमध्ये एउटा अमेरिका, तीन युरोप र दुई एशियाको कम्पनी विस्तृत अध्ययनका लागि पूर्वछनोट भएका छन् । प्राविधिक र आर्थिक प्रस्तावका आधारमा …

पुरा पढ्नुहॊस »

एनआरएनएले एक करोड एलईडी बल्ब बाड्ने

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुई वर्ष भित्र नेपालमा एक करोड एलईड लाईत वितरण गर्ने भएको छ । तीन सय मेगावाटको विद्युत बचत गर्ने उद्देश्यसहित एनआरएनएले एक करोड बल्ब वितरण गर्ने भएको हो । एनआरएनएले आइतरबार काठमाडौंमा आयोजना गरेको पहिलो एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन अन्तर्गतको दिगो ऊर्जा विषयक सत्रमा एनआरएनए ‘उज्यालो नेपाल’ अभियानका संयोजक डा. बद्री केसीले दुई वर्षभित्र सरकारसँगको सहकार्यमा एक करोड एलईडी बल्ब वितरण गर्न लागिएको जानकारी दिएको …

पुरा पढ्नुहॊस »

बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली

बाँके । बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् । विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयवासीको सपना पूरा भएसँगै खुशी भएका हुन् । सुगम जिल्लाको विकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामीण विद्युतीकरण अन्तर्गत विद्युत् विस्तारसँगै बिजुली बलेपछि स्थानीयवासी उत्साहित भएका छन् । सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी …

पुरा पढ्नुहॊस »

मोदीखोलामा सुरु भयो क्षमता अनुसारकै बिजुली उत्पादन

काठमाडाैं । मोदीखोला जलविद्युत् आयोजना केन्द्रबाट क्षमता अनुसारको बिजुली उत्पादन सुरु भएको छ । कुल उत्पादन क्षमता १४.८ मेगावाट रहेको आयोजनाबाट  दैनिक १४ मेगावाटको आसपासमा बिजुली उत्पादन हुन थालेको हो । अघिल्ला वर्षहरूमा बढीमा ११ मेगावाट आसपासमा विद्युत उत्पादन हुने गरेकोमा यो वर्ष ‘पावर हाउस’मा प्रयोग भएको पुरानो ‘कुलर’ हटाएर नयाँ कुलर फेरेपछि उत्पादन बढेको जलविद्युत आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए । ३५ लाख रुपैयाँको लगानीमा कुलर फेरिएको प्रमुख शाहले जानकारी दिए …

पुरा पढ्नुहॊस »

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् । उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब सात …

पुरा पढ्नुहॊस »

रुदी ‘ए’ को व्यावसायिक उत्पादन एक महिनाभित्रै

काठमाडाैं । लमजुङ र कास्कीको सीमा भएर बग्ने रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । आयोजनाको निर्माण सुरु गरेको साढे दुई वर्षमा सबै निर्माण कार्य सकिएको हो । आयोजनाको निर्माण कार्य सकिएपछि यसको परीक्षण थालिएको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार असोज २० गते गतेबाट पानी राखेर परीक्षण थालिएको छ । विद्युत् गृहमा ४.४ मेगावाटका दुईवटा पेलटन टर्बाइन जडान गरिएका छन् …

पुरा पढ्नुहॊस »

तनहुँ जलविद्युत् आयोजनाः प्रभावितलार्इ दिइयाे डेढ करोड मुआब्जा

दमौली । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।  आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका-५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले जानकारी दिए । प्रभावित ६२ परिवारमध्ये १२ परिवारले मुआब्जाबापतको रकम बुझेका छन्। आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ …

पुरा पढ्नुहॊस »

सान्जेन जलविद्युत आयोजनाको पावर हाउस निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने

रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाको पावर हाउसको निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने भएको छ । सुरुङ निर्माण तथा पेनस्टक निर्माणको काम सकिएकाले पावर हाउसको काम सुरु गर्न लागिएको हो । सुरुङको सर्पोट र ढलान गर्ने कार्य सकिएको आयोजना प्रमुख सुदन सिंह महतले बताए । ‘आयोजनामा अहिले हाइड्रोमेकानिकलको काम भइरहेको छ, उनले भने, आगामी चैतसम्ममा हेडबक्सको काम सकिन्छ ।’ जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज …

पुरा पढ्नुहॊस »

प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणमा आज आयोजित एक कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र प्रवद्र्धक कम्पनीका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद बाँस्तोलाले विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । भोजपुर जिल्लाको साल्पापसिलिचो गाउँपालिकामा आयोजनास्थल रहेको फेदी थुम्लुङ खोला जलविद्युत् सो आयोजनाको क्षमता ३.५२ मेगावाट रहेको छ । आयोजनाको कूल लागत रु ६३ करोड रहेको छ । सो …

पुरा पढ्नुहॊस »

३५ लाख ३४ हजार कित्ता साधारण सेयर जारी गर्दै युनियन हाइड्रो

काठमाडौं । युनियन हाइड्रो पावर कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले लमजुङमा सञ्चालित ३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले साधारण सेयय निष्कासन गरेर बाँडफाँड गर्नेछ …

पुरा पढ्नुहॊस »