उर्जा

Energy related news.

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने

काठमाडाैं । चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि रु एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर निष्काशन गर्न लागेको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले जानकारी दिएको छ । साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र …

पुरा पढ्नुहॊस »

विद्युत्भार व्यवस्थापनले तिहार झिलिमिली हुने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उहाँले ढुक्कसँग विद्युत् उपयोग गरी तिहार मनाउन सकिने बताए । बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युत्भार कटौती हुँदा तिहार खल्लो भएको थियो । विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले …

पुरा पढ्नुहॊस »

दुई करोड महसुल उठ्न बाँकी

पोखरा । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४-७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ । सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए । उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत महसुल उठाइसकिएको छ । केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट एक …

पुरा पढ्नुहॊस »

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण

गोरखा । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गर्न लागेको हो । आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

भारतले पानी थुनिदियो, विद्युत उत्पादन ठप्प

काठमाडाैं । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ गुठी सुरजपुरामा रहेको गण्डक जल विद्युत केन्द्रबाट उत्पादन ठप्प भएको छ। भारतले गण्डक नहरमा पानी बन्द गरेपछि १५मेगावाट क्षमताको विद्युत् उत्पादन ठप्प भएको हो। यो खबर अजको नयाँ पत्रिका दैनिकमा नवलपरासीबाट ज्ञानु पंगेनीले लेखेकी छन्। भारत सरकारले नहर मर्मत र सरसफाईका लागि प्रत्येक वर्ष ४० दिनसम्म पानी रोक्ने गर्ने गरेको छ । अहिले २५ अक्टुबरदेखि भारतले नहरमा पानी बन्द गरेपछि उत्पादन हुन छाडेको पावर हाउसका …

पुरा पढ्नुहॊस »

आवेदक सबैलाई आँखुखोलाको शेयर

काठमाडौं । आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ)वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आवेदनमा भएको कमजोरीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ता भने रद्द गरिएको …

पुरा पढ्नुहॊस »

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न सर्विया इच्छुक

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन् । सर्विया भ्रमणमा रहेका मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीचको भेटवार्तामा मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । ‘युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको …

पुरा पढ्नुहॊस »

जलविद्युत प्रवद्र्धक बटु लामिछाने ‘महात्मा गान्धी’ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं ।जलविद्युत प्रवद्र्धक बटु लामिछाने ‘महात्मा गान्धी’ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । बेलायतस्थित भारतीय समुदायले उनलाई जलविद्युत क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अवार्डबाट सम्ममान गरेको हो । बेलायतको तल्लो सदन (हाउस अफ कमन) का सदस्य द्वय वीरेन्द्र शर्मा र नवावले बटु लामिछानेलाई लण्डनमा एक समारोहको आयोजना गरी अवार्ड हस्तान्तरण गरे ।    

पुरा पढ्नुहॊस »

भैरवकुण्ड हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने

काठमाडौं ।भैरवकुण्ड हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने  भएको छ । कम्पनीले सन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरेर ३१ करोड ८३ लाख २८ हजार रुपैयाँको ३१ लाख ८३ हजार २८० कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २५ लाख ३३ हजार २८० कित्ता र प्रभावित क्षेत्रका वासिन्दाको लागि ६ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले आइपिओ निष्काशनका लागि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई …

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशीको आइपिओ आउँदै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १७ गते धितोपत्र बोर्डमा आईपिओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो भने बोर्डले असोज २९ गते स्विकृत दिएको हो । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । जलविद्युत कम्पनीले पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र …

पुरा पढ्नुहॊस »