अपी पावरको ११.०५ प्रतिशत लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई  ११.०५ प्रतिशत लाभांश वितरण र १ः०.३९३६को अनुपातमाहकप्रद जारी प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको  साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेका  छ ।

हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गरिने प्रस्ताव पनि पारित गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गतेदेखि भदौ २४ गतेसम् बुक क्लोज गर्ने निर्णय गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री