धितोपत्र बोर्डले इप्पानसँग माग्यो कमिसन आरोपबारे स्पष्टिकरण

  • अध्यक्ष श्रेष्ठको प्रतिक्रिया : ‘पुष्टि भए, एक सेकेन्डमै राजीनामा दिन तयार छु’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाइड्रोपावरको आईपीओ स्वीकृति प्रक्रियामा बोर्ड अध्यक्षले कमिसन मागेको आरोपप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)सँग औपचारिक जवाफ माग गरेको छ । बोर्डले वैशाख २५ गते बसेको बैठकको निर्णयअनुसार इप्पानलाई पत्र पठाई, सञ्चारमाध्यमहरूमा आएका समाचारको सन्दर्भमा आरोप पुष्टि गर्ने कुनै तथ्य, प्रमाण वा आधिकारिक धारणा उपलब्ध गराउन आग्रह गरेको हो ।

पत्रमा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डका अध्यक्षको सम्बन्धमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) जस्तो जिम्मेवार संस्थाका अध्यक्षलगायत पदाधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारप्रति बोर्डको ध्यानाकर्षण भएको छ। त्यस्तो आरोपका सम्बन्धमा कुनै आधार वा तथ्यगत विवरण भएमा उपलब्ध गराउनुहुन अनुरोध छ ।’

यस सम्बन्धमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूविरुद्धको आरोपको खण्डन गर्दै गम्भीर प्रतिक्रिया दिएका छन् । ‘मैले आईपीओको अनुमति दिँदा कमिसन मागेको प्रमाणित भयो भने म एक सेकेन्ड पनि कुर्सीमा बस्दिनँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘आरोप लगाउनुभन्दा पहिले प्रमाण प्रस्तुत गर्नुपर्छ। बोर्डले निर्णय गरेर नै इप्पानसँग प्रस्ट जवाफ मागेको हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री