उर्जा

Energy related news.

मर्स्याङ्दी-काठमाडौं विद्युत् प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनीगाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए । ‘हाल चालु …

पुरा पढ्नुहॊस »

मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादी मर्मत हुँदै, विद्युत् उत्पादन बन्द हुने

काठमाडौँ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत गृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको छ । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द हुने भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्य मर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । …

पुरा पढ्नुहॊस »

दोर्दीखोला आयोजनाले आज बिजुली उत्पादन परीक्षण गर्दै

काठमाडाैँ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट आजदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता-दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो । आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, ‘हामीले आठ-दश दिनअघि नै आयोजनाको सम्पूणर् निर्माण सम्पन्न गरेर आज (शनिबार) देखि पाँच दिन जति बिजुली उत्पादन परीक्षण गर्न लागेका छौं …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ । प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ । प्राधिरकणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । प्राधिकरणले उपत्यकामा जडान गरिरहेको स्मार्ट मिटरको सहज सञ्चालनका लागि पनि त्यसले काम गर्नेछ । प्राधिकरणले …

पुरा पढ्नुहॊस »

दैनिक ७ करोड ४८ लाखको विद्युत् भारत निर्यात

काठमाडौँ । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत …

पुरा पढ्नुहॊस »

कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात, प्रतियुनिट १९ रुपैयाँ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले …

पुरा पढ्नुहॊस »

विद्युतीय सवारी साधनको आयातमा कर बढेको हो ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा भन्सार र अन्तशुल्क बढाएको भन्दै चर्को आलोचना भइरहेको छ । वर्षायाममा बिजुली खेर जाने भएकाले त्यसको आन्तरिक खपतका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता र बाध्यतामा सरकार छ । उता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएकाले पनि त्यसको विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । रुस र युक्रेन संघर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा भएको अत्याधिक …

पुरा पढ्नुहॊस »

सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

काठमाडाैँ । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मत सम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधा मात्रै उडान हुने उनले बताए …

पुरा पढ्नुहॊस »

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ …

पुरा पढ्नुहॊस »

प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चार जना प्रहरी नियन्त्रणमा

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय लमजुङले २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार चार जनालाई नियन्त्रणमा लिएको छ । लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले दोर्दी गाउँपालिका-१, ढोकेबेंसीमा राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने क्रममा तार टाँग्दै गर्दा डोरी काटेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो । डिएसपी कार्कीका अनुसार उनीहरूले प्रसारण लाइनको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । पीडितले २२० केभी प्रसारण लाइनमुनि आफ्नो घरजग्गा रहेको र …

पुरा पढ्नुहॊस »