निफ्राले माथिल्लो सागु खोला र पेगु खोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले १० मेगावाट क्षमताको माथिल्लो सागु खोला जलविद्युत् आयोजना र ३ मेगावाट क्षमताको पेगु खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजनाको लागि आवश्यक ऋण लगानीको व्यवस्था टुंग्याइएको हो। आयोजनाको कुल लागत करिब ३ अर्ब रुपैयाँ रहेको अनुमान गरिएको छ, जसमा १ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी हुने जानकारी दिइएको छ।

उक्त ऋण सम्झौतामा निफ्राका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण बहादुर अधिकारी र आयोजना प्रवर्द्धक संस्था अभियान ग्रुपका अध्यक्ष बाबुराम थापा तथा आयोजनाका सञ्चालक समितिका अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका हुन्।

दुबै आयोजना पूर्वी नेपालको पहाडी क्षेत्रहरूमा अवस्थित छन् र निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति हुनेछ। आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग पिपिए समेत गरिसकिएको बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री