आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तिब्र शाखा विस्तार थप १ शाखा सुर्खेतमा

काठमाडौँ ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्यले सुर्खेतमा थप १ शाखा कार्यालयबाट सेवा विस्तार गरेका छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राईज्यू तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो ।

शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सरकारी तथा ग्रह्रसरकारी संस्थाका प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

शाखाको उद्घाटन कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराउनु भयो । त्यसैगरी स्थानिय उद्योगी व्यपारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यावसाय तथा सम्पत्तीको बीमा गराएर उच्चकोटीको सेवा लिन पनि उहांले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न उपस्थित सबैलाई आग्रह गर्नुभयो ।

कम्पनीले देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनु भयो । कम्पनीको उद्घाटन भएको शाखा सहित २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी गराउंदै निकट भविष्यमानै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।

सोही कार्यक्रममा विभिन्न संघ, संस्था, स्थानीय उद्योगी, व्यापारी तथा व्यावसायीहरुले कम्पनीले स्थानीय स्तरमा शाखा संञ्जाल विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष, संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस