आर्थिक

जनता बैंकमा अनलाइनबाट खाता खोल्ने सकिने

काठमाडौं। जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । जनता बैंकको बेभ साइट  www.janatabank. com.np मा लग अन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ ।यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज बीच हस्पिटलको सेवाशुल्कमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज प्रा. लि.सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले नर्भिक अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा ५ प्रतिशत  देखि ३० प्रतिशत  सम्मको छुट पाउनु हुनेछ । प्याथोलोजी, रेडियोलोजी (सिटी÷एम.आर.आई स्क्यान सहित), मेमोग्राम, कार्डिएक नन इनभेसिभ परीक्षण तथा सर्जिकल चार्जमा बैंकका ग्राहक, …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता

काठमाडौं। नेपाल बङ्गलादेश बैंक  र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ । सम्झौता अनुसार एन.बी.आईले नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार नेपाल बङ्गलादेश बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ३ सय घट्यो

काठमाडाैं  । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य  भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि ७ सय ३० रुपैयाँमा नै कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थका ग्राहकलाई हेल्पिङ्ग हेण्ड्समा ५० प्रतिशतसम्म छुट

काठमाडाैं । सिद्धार्थ बैंक र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल, चाबहिलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले स्वास्थ्य सेवामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्ने छन् । सम्झौतामा बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स सुरेसराज महर्जन र अस्पतालका तर्फबाट अध्यक्ष डा. कृृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरे । ग्राहकले विभिन्न किसिमका सेवा सुविधा लिंदा ५० प्रतिशत सम्म छुट र यूएनओ क्रेडिट कार्ड प्रयोगकर्ताले थप २।५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ …

पुरा पढ्नुहॊस »

उपत्यकाका यी २२ ठाउँबाट नयाँ नोट साट्न पाइने

काठमाडाैं । उपत्यकाका २२ ठाउँबाट दसैँका लागि आवश्यक नयाँ नोट साट्न पाइने भएको छ । सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ । नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुने भएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, बिशालबजार, नक्साल, कलंकी तथा बालाजु शाखाबाट सटही हुनेछ …

पुरा पढ्नुहॊस »

एडीबीको विश्लेषण, आर्थिक वृद्धिदर थप कमजोर हुन सक्ने

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले आर्थिक वृद्धिदर ५ दशमव ९ प्रतिशत हासिल गरेको जनाएको छ ।  नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशतले कम हो । विभागले गत वर्ष ६ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल भएको जनाएको थियो । गत वर्ष अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर …

पुरा पढ्नुहॊस »

उपसचिवको बैंक खातामा स्रोत नखुलेको दुई करोड रुपैयाँ

काठमाडौं । घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा दुई करोड रुपैयाँ फेला परेको छ। बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । दुई महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव) सुरेश ठाकुरको बैंक खातामा दुई करोड रुपैयाँभन्दा बढी रकम भेटिएको समाचार नयाँ पत्रिका दैनिकमा छ । उनी गत साउन १२ मा ३६ …

पुरा पढ्नुहॊस »

जनता बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं ।   जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका स्थित बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । उक्त प्रोजेक्टर  बैंक संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं  हस्तान्तरण गरेछन् । बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूले ल्यायो दशैं तिहारको अफर

काठमाडौ। यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । ग्राहकहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५प्रतिशत  , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एण्ड कम्पनीमा १० …

पुरा पढ्नुहॊस »