आर्थिक

आइएमई पे र इन्द्रपुर खानेपानबीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीवीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरे । यस सम्झौताबाट ६ हजार (६,०००) घरधुरी लाभान्वित …

पुरा पढ्नुहॊस »

उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ । आज  नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ४ सय रुपैयाँले बढेको हो भने चाँदी ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला …

पुरा पढ्नुहॊस »

प्रभुु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सुरु

काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना ग्राहकलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नका लागि आजदेखि ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु गरेको छ। कम्पनीकाे यस सेवा मार्फत ग्राहकहरुले क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी सहज रुपमा पाउनेछन् ।

पुरा पढ्नुहॊस »

सामसङ ग्यालेक्सी एस२१ फोन नेपाली बजारमा

काठमाडौं ।  सामसङ नेपालले एस२१ सिरिज नेपाली बजारमा ल्याएको छ। ती हुन्ः ग्यालेक्सी एस२१, एस२१प्लस र एस२१ अल्ट्रा। यी सिरिजमा आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीको भनाइ छ। सामसङ ग्यालेक्सी एस२१ र एस२१प्लसमाप्रो–ग्रेड क्यामरा छ। एस२१ अल्ट्रामा एडभान्स प्रो ग्रेड क्यामरा छ भने ६.८ इन्चको डिस्प्ले छ।  फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ। ग्राहकले एस२१ अल्ट्रा १२ जिबी र्‍याम/२५६ जिबी रोममा, …

पुरा पढ्नुहॊस »

पौने ३ करोड ठगी आरोपमा पक्राउ परे स्कुल सञ्चालक

काठमाडौँ । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ । शनिबार काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी …

पुरा पढ्नुहॊस »

पठाओ चालक र यात्रुको दुवैको ५-५ लाखको बिमा

काठमाडौं । राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राइडको दौरान कुनै पनि ग्राहक तथा राइडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् । यसको साथै कुनै पनि ग्राहक तथा राइडर/चालक साथीहरुले रु. १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् …

पुरा पढ्नुहॊस »

शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले घटेर प्रतितोला ९२ हजार ९ सयले कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १५ …

पुरा पढ्नुहॊस »

रिङ रोडको १०.२ किलोमिटरखण्ड हरियाली बनाउँदै एनसेल

काठमाडाैँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु-संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ । यस सामाजिक पहलअन्तर्गत एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्ड स्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको …

पुरा पढ्नुहॊस »

आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुुग्यो ?

काठमाडौैं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार …

पुरा पढ्नुहॊस »

आज पनि सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज बुधबार  पनि सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । सुन आज ५ सयले बढेको हो । आज सुन प्रतितोला ९२ हजार ५ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार २६० मा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »