नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ११ करोडले घट्याे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । चालु आबकाे पहिलो ६ महिनामा बैंकको नाफा ११ करोडले घटेको हो ।
पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७२ करोड नाफा कमाएकाे छ । बैंकले पछिल्लो ३ महिनामा निक्षेप पनि १ अर्ब  वृद्धि गरेकाे छ । असोज मसान्तमा १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आईपुग्दा बैंकको निक्षेप जम्मा १ अर्बले बढेर १ खर्ब ४२ अर्ब मात्रै पुगेको छ । १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा पनि १२ अर्ब रुपैंयाँ नै रहेको छ ।

बैंकले ७ अर्ब ६६ करोड ब्याज आम्दानी गरेर ४ अर्ब २९ करोड ब्याज खर्च गर्दै खुद ब्याज आम्दानी ३ अर्ब ३५ करोड रुपैंयाँ गरेको देखिन्छ ।
बैंकको आधार ब्याजदर ८.९६ प्रतिशत छ भने स्प्रेड दर ४.२४ प्रतिशत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस