सानिमा बैंकको नाफा अर्ब छेउ

काठमाडौं । सानिमा बैंकको नाफा अर्ब छेउ पुगेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ९४ करोड नाफा आर्जन गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ८० करोड थियो । सानिमाले गत पुस मसान्तको तुलनामा यसपाली १७.५० प्रतिशतले नाफा वृद्धि गरेको हो । बैंकले पछिल्लो ३ महिनामा ४८ करोड नाफा वृद्धि गरेको छ । असोज मसान्तमा ४६ करोड नाफा कमाएको बैंकले पुस मसान्तमा ९४ करोड पुर्याएको हो ।

उक्त बैंकले असोजमा ९७ करोड ब्याज आम्दानी गरेको थियो याे पुस मसान्तमा १ अर्ब ९१ करोड पुगेको छ । ८ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६५ करोड रहेको छ । ०.२४ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याजदर ९.७५ प्रतिशत रहेको छ । ७.५७ प्रतिशत कष्ट अफ फण्ड रहेको बैंकको प्रति सेयर आम्दानी २४.६२ रुपैंयाँ रहेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds