बैंकिङ्ग

एनआईसी एशिया रेमिट अफर : एउटा विप्रेषण कारोबार गर्दा अर्को सित्तैमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया रेमिटमार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना ल्याएको छ । स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरुका लागि उच्चतम सेवा दिन यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले यो योजना २०७५ साल फागुन र चैत दुई महिनाका लागि ल्याएको हो । यस अवधिमा बैंकको ग्राहक तथा कुनै पनि व्यक्तिले एनआई एशिया रेमिटमार्फत नेपालभरी कुनै पनि ठाउँमा …

पुरा पढ्नुहॊस »

सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्बन्धि सम्झौता

काठमाडौं । सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् सनराइज बैंकका सबै शाखाहरु मार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप/डिएए तथा क्रेडिट कार्ड लगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधाहरु निर्वाध रुपमा प्राप्त गर्ने सक्नेछन् …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् । अब सानीमा लाइफका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका चिफ बिजिनेस अफिसर सुजित …

पुरा पढ्नुहॊस »

पाल्पामा जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आज पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरेको छ । साथै एक सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ । पाल्पा जिल्ला रम्भा गाउँपालिका ३ खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको बैंकले जनाएको छ । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउन्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार हुने गरेको छ । सो क्षेत्रका उद्यमी, ब्यापारी तथा …

पुरा पढ्नुहॊस »

लुम्बिनी इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सो सम्झौता अनुसार सहकारी बैंकका देशभर रहेका सहकारी संस्था, सदस्यहरु तथा बैंकका शाखाहरुलाई लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा सेवा उपलव्ध गराउनेछ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

पुरा पढ्नुहॊस »

एनएमबी बैंक सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल

काठमाडौँ । एनएमबी बैंक विदेशी संस्था सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल नेपालको पहिलो बैंक भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी विदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी विदेशी लगानी भित्र्याउन सफल भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा एनएनबी बैंकका सिइओ सुनिल केसीले बताए । एनएमबी बैंकले सीडीसी ग्रुप सहित ३ वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लगानी भित्र्याइसकेको छ । यस्तो कर्जा लगानी …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कैलाश विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले  हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र योजनामा सावधिक,आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंक र आइएमईबीच बैंकास्योरेन्स

काठमाडौँ । कैलाश विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगतसर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंकका शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने  र  इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले  हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत  सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई. लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी गराउने छन् ।

पुरा पढ्नुहॊस »

कामना सेवाको सिइओमा प्रविण बस्नेत नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा प्रविण बस्नेत नियुक्त गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको  बैठकले बस्नेतलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । फागुन १ गतेदेखि नै लागु हुने गरी कामु सिइओ बस्नेतलाई सिइओमा नियुक्त गरेको हो ।  

पुरा पढ्नुहॊस »