सिटिजन्स बैंकको ६५ संयोगः अर्बमा निक्षेप, करोडमा नाफा

काठमाडौं । सिटिजन्स बैंकका लागि २०७५ पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणमा ६५ को संयोग जुटेको छ । बैंकले यो अवधीमा ६५ करोड नाफा कमाउन सफल भएको छ भने निक्षेपको आँकडामा पनि ६५ नै जोडिएको छ । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेको हो । २०७४ पुसमा ६२ करोड नाफा कमाएको थियो ।

बैंकले असोज महिनामा ६३ अर्ब रहेको निक्षेपलाई असोजमा २ अर्ब वृद्धि गरेको हो । ६० अर्ब कर्जा तथा लगानी गर्दा बैंकको सिसिडी रेसियो ७८.८६ प्रतिशत पुगेको छ । बैंकले १ अर्ब ४९ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

१.६२ प्रतिशत खराब कर्जा रहेको बैंकको कस्ट अफ फण्ड ८.२१ प्रतिशत रहेको छ । १०.७९ प्रतिशत आधार ब्याजदर भएको बैंकको प्रति सेयर आम्दानी १८.५१ रुपैंयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after