ग्लोबल आईएमई बैंकको नाफा ११२ करोड, अरु सूचांकका कस्ता ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा ११२ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले अघिल्लो आवको सोही अवधीको भन्दा २१ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ९१ करोड रुपैंयाँ थियो ।

बैंकले पुस मसान्त अवधीमा २ अर्ब ३८ करोड नाफा आर्जन गरेको छ जुन असोज मसान्तमा जम्मा १ अर्ब २० करोड मात्रै थियो । बैंकले पुस मसान्त अवधीमा ११३ अर्ब निक्षेप संकलन गरेर १०२ अबै कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो भने ७९.०६ प्रतिशत पुगेको छ ।
१० अर्ब ३१ करोड चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ४ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ ।

खराब कर्जा ०.७५ प्रतिशत छ भने स्प्रेड दर ३.८१ प्रतिशत रहेको छ । आधार ब्याजदर १०.०६ प्रतिशत रहेको बैंकको कस्ट अफ फण्ड भने ७.५७ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने २३.८५ रुपैंयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after