बैंकिङ्ग

ग्लोबल आइएमई बैंकमा ‘रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा’ ५ सय बोनस

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘रेमिट्यान्स डिपोजिट बचत खाता’ खोल्दा ग्राहकलाई ५ सय बोनस व्यालेन्स उपलब्ध गराउने भएको छ । विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्देश्य अनुरुप ‘रेमिट्यान्स डिपोजिट बचत खाता’ संचालनमा ल्याइएको बैंकले बताएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्देश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो । श्रमका लागि बिभिन्न देशमा जाने नेपाली …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको कोर बैंकिङ्ग र ई–बैंकिङ्ग अव फिनाक्कलबाट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको कोर बैंकिङ्ग सफ्टवेयरलाई फिनाक्कल भर्सन १०.२.१८ मा प्रतिस्थापन गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले एक कार्यक्रमबीच बैंकको कोर बैंकिङ्ग सिस्टममा लग इन गरी उक्त फिनाक्कल सफ्टवोयरको सुरुवात गरे । ग्राहकलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको पुमरी आईभी प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीको फिनाक्कल कोर बैंकिङ्ग सफ्टवोयर भर्सन १०.२.१८ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको भिसा कार्डमा १ सय नगद फिर्ता

काठमाडौं । सिद्धार्थ बैंकले नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १ सय नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै ती अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका अन्तर्राष्ट्रिय प्रिपेड कार्ड, डेविट कार्ड र क्रेडिट कार्डहरु ‘भेरिफाइड वाई भिसा’ नामक २ फ्याक्टर अथेन्टिकेसन प्रणालीमा प्रयोग गर्न सकिन्छ । यसरी अनलाइन कारोबार गर्दा, ग्राहकहरुको …

पुरा पढ्नुहॊस »

जनता बैंक र टिच फर नेपालबीच सम्झौता

काठमाडौं । जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरे । टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको लाभांश परिवर्तन, लगानीकर्ताले अब ८% बोनस पाउने

काठमाडौं । प्रभु बैंकले पूर्वघोषित लाभांश दर परिवर्तन गरेको छ । प्रभुले राष्ट्र बैंकको निर्देशनपछि अब सेयरधनीलाई ८% बोनस सेयर दिने भएको छ । यसअघि बैंकले ५% बोनस सेयर र ५.२३६% नगद लाभांश दिने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको प्रभुले जनाएको छ । प्रभुले अब ८ अर्ब २३ करोड …

पुरा पढ्नुहॊस »

मेगा बैंकले माग्यो १०५ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । ‘क’ वर्गको वाणिज्य बैंक मेगा बैंक नेपालले १०५ जना कर्मचारीको माग गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

नेपाल बैंकको नाफा ६ करोडले ओरालो, सिडी रेसियो ७१.४७ प्रतिशत मात्रै

काठमाडौं । नेपालको बैंकको नाफा ६ करोडले ओरालो लागेको छ । २०७४ पुसमा १ अर्ब ६३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १ अर्ब ५७ करोडमा झरेको हो । बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेर जम्मा ८५ अर्ब मात्रै ऋण लगानी गरेको छ । नेपाल बैंकको सिडी रेसियो जम्मा ७१.४७ प्रतिशत मात्रै रहेको छ । बैंकले असोजदेखि पुस मसान्त अवधीमा १२ अर्ब निक्षेप बढाएर ६ अर्ब कर्जा लगानी …

पुरा पढ्नुहॊस »

सहयोगी विकास बैंकको नाफा २९१ प्रतिशतले बृद्धि

जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आव २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको हो । बैंकले गत त्रैमासिक २०७५/०७६ मा असोज मसान्तमा भन्दा दोश्रो त्रैमासिकमा ११६.९८ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल छ । बैंकको ०७४÷०७५ को असोज मसान्त सम्ममा १ करोड भन्दा बढी घाटा व्यहोर्नु परेको थियो । …

पुरा पढ्नुहॊस »

सोह्र बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कसले कति कमाए

काठमाडाैँ । हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंकले कमाएको छ । ७ बैंकको नाफा एक …

पुरा पढ्नुहॊस »

१ अर्बको ऋणपत्र निष्काशन गर्दै सनराइज बैंक, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडाैँ ।सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८० ’ निष्काशनको लागि अनुमति मागेको हो । बैंकले ऋणपत्र बिक्रीका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । बैंकले जारी गर्ने १० लाख कित्ता …

पुरा पढ्नुहॊस »