बैंकिङ्ग

हिमालयन बैंकको इटहरी शाखा-२ इनरुवा १ मा स्थानान्तरण

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये इटहरी शाखा–२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका १, सुनसरीबाट आजदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ। बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेकी थिइन्। उक्त समारोहमा इनरुवाका मेयर, उपमेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो। हाल बैंकले नेपालभरि फैलिएका १७४ …

पुरा पढ्नुहॊस »

पोखराका बिगमार्टमा माछापुच्छ्रेका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट प्रदान गर्न लागेको हो । बैंकले ग्राहकले डेबिट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको जनाएको छ । यो क्यासब्याक बिगमार्टका …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले स्थानान्तरण गर्‍यो गोंगबु शाखा

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट सेवा विस्तार गरेको छ। गत फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन्। यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुरू गरेकोे छ। हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्दछ : गभर्नर अधिकारी

काभ्रे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकद्वारा ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१०% महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ । यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अहम भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक कर्मचारी युनियनको अध्यक्षमा वंशीधर

काठमाडौं । माछापुच्छ्रे बैंक कर्मचारी युनियनको तेस्रो केन्द्रीय महाधिवेशनबाट वंशीधर घिमिरे अध्यक्षमा चुनिएका छन् । सर्वसम्मत रुपले शनिबार सुरु भएर आइतबार सम्पन्न कर्मचारी युनियनको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, उपाध्यक्षमा विनोदनिधि तिवारी र दीपक श्रेष्ठ तथा महिला उपाध्यक्षमा संगीता कुँवर चयन भएका छन्। देशभरका १५ सयजना कर्मचारी सहभागी अधिवेशनले महासचिवमा तलाश श्रेष्ठ तथा सचिवमा सञ्जय रानामगर, प्रेमबहादुर भण्डारी र विनय खड्कालाई चुनेको छ । यस्तै, कोषाध्यक्षमा हीरा केसी, सहकोषाध्यक्षमा मञ्जु …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्‍यो २०८१ सालको भित्तेपात्रो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । २७ फाल्गुनमा आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत नयाँ साल २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको हो । स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्वीरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको बैंकले जनाएको छ । क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्वीरहरु …

पुरा पढ्नुहॊस »

ब्लु डायमण्ड सोसाइटीमा गरिमा विकास बैंकको वित्तीय जागरण कार्यक्रम

काठमाडौँ । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारासहित गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो । कार्यक्रममा ब्लु डायमण्ड सोसाइटिको तर्फबाट अध्यक्ष शीतल पिंकी गुरुङको उपस्थिति रहेको थियो …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा प्राचीन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो। ग्लोबल आईएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरे। क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल …

पुरा पढ्नुहॊस »
This will auto close after