काठमाडाै । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको वताएकाे छ । हाल व्यवस्थापन समितिको बैठक जारी रहेकाले त्यसलगत्तै सञ्चालक समितिको बैठक बस्ने भएकाे छ । सञ्चालक समितिबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरिने र दिउँसो सवा ४ बजे पत्रकार सम्मेलन आयोजना गरिने राष्ट्र बैंक स्रोतले भनेकाे छ ।
यस वर्षको मौद्रिक नीति विगतभन्दा फरक संरचनामा आउने भएको स्रोतको दाबी गरेकाे छ । राष्ट्र बैंकले मौद्रिक नीतिलाई ‘मौद्रिक नीति’, ‘चालु आर्थिक वर्षको नीतिको समीक्षा’ तथा ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय अर्थतन्त्रको अवस्था’ गरी तीन छुट्टाछुट्टै भागमा प्रस्तुत गर्ने छ । गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीतिको मुख्य भाग अनलाइनमार्फत सार्वजनिक गर्ने र पत्रकार सम्मेलनमा अनुसन्धान विभागका कार्यकारी निर्देशक, प्रवक्ता तथा सम्बन्धित विभाग प्रमुखहरू सहभागी हुने भनिएकाे छ ।



