बैंकिङ्ग

सहयोग गर्ने प्रतिबद्धता पछि पनि बास्कोटाले आत्मदाहको दुष्प्रचार गरे : एनआइएमबी बैंक

काठमाडौं । व्यवसायी राजेश बास्कोटाले ऋण नदिएको भन्दै आत्मदाह गर्ने दुष्प्रचार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उल्लेख गरेको छ । बैंकले विज्ञप्ति जारी गर्दै बास्कोटाले बैंक (तत्कालीन मेगा बैंक) बाट भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि र बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा जारी भएको कर्जा बारे भ्रामक प्रचार गरेको बताएको हो । बास्कोटाको कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत सम्पूर्ण कर्जा प्रवाह भइसकेको बैंकले बताएको छ । भिरपाखा रिसोर्ट एण्ड …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको सीईओ बने कपिल ढकाल

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा ढकाल नियुक्त गर्ने निर्णय गरेको हो । माघ ३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै ढकाललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । उनै ढकालले कामु सीईओको जिम्मेवारी सम्मालेको दुई सातापछि सीईओको जिम्मेवारी पाएका हन् । यसअघि ढकाल …

पुरा पढ्नुहॊस »

नेपाल बैंक लिमिटेड र भारतीय एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात व्यापार सम्बन्धी सम्झौता भएको छ । व्यापार वृद्धिमा सहयोग पुर्‍याउन उदेश्यका साथ नेपाल बैंक लिमिटेडले ‘इएक्सआइएम बैंक इन्डियासँग ‘ट्रेड ऐसीस्टेन प्रोग्राम’ अन्तर्गत सम्झौता गरेको हो । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो। नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकको व्यापक …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

काठमाडाैं । नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधा मार्फत ‘आउटवार्ड क्लियरिङ’ चेक अब ग्राहक स्वयंले किओस्क मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन्। यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा …

पुरा पढ्नुहॊस »

सिबिफिनले राष्ट्र बैंकलाई दियो १७ बुँदे सुझाव

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकलाई १७ बुँदे सुझाव दिएको छ। राष्ट्र बैंकलाई मौद्रिक नीतिमा गर्नुपर्ने सुझावबारे सिबिफिनले ती सुझाव दिएको हो। ‘यतिबेला बैंकिङलगायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको अवस्था छ’ सिबिफिनले भनेको छ, ‘विभिन्न निकायहरुले सार्वजनिक गरेका आर्थिक एवं वित्तीय सूचकाङ्कहरुले मुलुकको बाह्य अवस्थामा क्रमशः सुधार हुँदै गरेको देखिएको भएतापनि आर्थिक गतिविधि, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आन्तरिक उत्पादन, रोजगारी, आयात–निर्यात, पूँजीगत …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले गर्‍यो यी शाखामा र्‍याम्प स्थापना

काठमाडौं । एनएमबि बैंकले आधा दर्जन शाखा कार्यालयमा र्‍याम्प स्थापना गरेको छ । सबैका लागि सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन ६ वटा शाखा कार्यालयमा र्याम्प स्थापना गरिएको हो । बैंकका अनुसार महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र विरगन्ज शाखाहरूमा र्याम्प स्थापना गरिएको हो । बैंकले आगामी दिनमा सहजता र समावेशिताप्रति प्रतिबद्ध रहँदै पहुँचयोग्य शाखाहरु निर्माण गर्नेछ ।

पुरा पढ्नुहॊस »

एनआइसी एसिया बैंकले ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने

काठमाडौं । एनआइसी एसिया बैंकले सबै प्रकारका कर्जामा ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने भएको छ । बैंकले देशको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा समस्या परेको निष्कर्षका साथ सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको हो । यो निर्णयभन्दा पहिले ऋणीले लिएको कर्जामा पनि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिसकेको बैंकले जनाएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औसत आधारदर १०.७ प्रतिशत रहेकामा …

पुरा पढ्नुहॊस »

नबिल बैंकले डाक्यो साधारणसभा, कहिले छ बुक क्लोज ?

काठमाडाैं । नबिल बैंकले कम्पनीको ३९ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश यसअघि नै घोषणा गरिसकेको छ । बैंकको मङ्सिर १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित …

पुरा पढ्नुहॊस »

ग्लोबल रेमिट बचत खाता : विदेशको कमाई, स्वदेशमा बचत

काठमाडौं । बैंकले ‘विदेशको कमाई, स्वदेशमा बचत’ नारासहित ग्लोबल रेमिट बचत खाता सञ्चालनमा ल्याएको छ । यसमा विश्वका जुनसुकै देशमा रहेका श्रमस्विकृत प्राप्त नेपाली नागरिकले खाता खोल्न सक्छन् । बिना झन्झट सजिलै खाता खोल्न सकिने भएकाले यो योजनाप्रति विदेशमा रहेका नेपालीहरुको आकर्षण बढेको बैंकको भनाई छ ।

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फूड’ मा २७% सम्म छुट

काठमाडौँ । ज्योति विकास बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ बाट माछा-मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७% सम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन्। सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेकी हुन् । ज्योति विकास बैंकका ग्राहकले सी …

पुरा पढ्नुहॊस »