काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समिक्षा अवधिमा ६३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
बैंकले सो अवधिमा ९८ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ भने वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ। वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी (EPS) १८ रुपैयाँ १० पैसा रहेको छ।
बैंकको निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात १३.२० प्रतिशत कायम छ। बैंकको आधार दर ७.०७ प्रतिशतमा कायम रहेको जानकारी दिइएको छ।
कामना सेवाको कुल चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। देशभर १३० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयसीमाभन्दा अगावै वित्तीय विवरण सार्वजनिक गरेको हो।
यसैबीच, बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) मा प्रस्ताव दर्ता गरिसकेको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि आवश्यक प्रकृया पुरा गरि शेयर जारी गर्ने जानकारी पनि बैंकले दिएको छ।




