सिटिजन्स बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी नागरिक लाभान्वित

  • बैंकिङ पहुँच विस्तार र डिजिटल कारोबार सुरक्षित बनाउन ७ वटै प्रदेशमा कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आम नागरिकमा वित्तीय ज्ञानको ज्योति छर्दै बैंकिङ प्रणालीप्रति विश्वास अभिवृद्धि गर्ने उद्देश्यले देशव्यापी रूपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा बैंकले आफ्ना १४८ शाखामार्फत सातै प्रदेशमा आयोजना गरेको यस वृहत् अभियानबाट १० हजारभन्दा बढी सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

अभियानको मुख्य लक्ष्य महिला, विद्यार्थी, कृषक, वैदेशिक रोजगारीमा जान लागेका युवा तथा मजदुर वर्गलाई वित्तीय प्रणाली र आधुनिक बैंकिङका बारेमा सचेत गराउनु रहेको बैंकले जनाएको छ । यसका लागि कोशी प्रदेशका १९, मधेशका १६, बागमतीका ४७, गण्डकीका १४, लुम्बिनीका ३२, कर्णालीका ११ र सुदूरपश्चिम प्रदेशका ९ वटै शाखाहरूलाई सक्रिय रूपमा परिचालन गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई बचतको महत्त्व, कर्जा प्रक्रिया, औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) पठाउँदाका फाइदा र डिजिटल बैंकिङको सुरक्षित प्रयोगबारे विस्तृत जानकारी दिइएको थियो । पछिल्लो समय बढ्दो डिजिटल कारोबारसँगै देखिएका साइबर अपराध र वित्तीय जोखिमबाट बच्ने उपायबारे पनि प्रयोगात्मक रूपमा सिकाइएको थियो । बैंकका प्रतिनिधिहरूले नगद कारोबारलाई न्यूनीकरण गर्दै बैंकिङ प्रणालीमार्फत आर्थिक गतिविधि सञ्चालन गर्न सहभागीहरूलाई उत्प्रेरित गरेका थिए ।

बैंकले विश्वास व्यक्त गर्दै भनेको छ, “यस्ता कार्यक्रमले सर्वसाधारणमा वित्तीय अनुशासन कायम गर्न र उनीहरूको आर्थिक जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै, यसले समग्र बैंकिङ क्षेत्रलाई नै थप सुदृढ र विश्वसनीय बनाउन मद्दत पुग्नेछ ।”

यो अभियान बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको एक महत्त्वपूर्ण हिस्सा हो । सिटिजन्स बैंकले वित्तीय साक्षरताका अतिरिक्त नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरूलाई शैक्षिक तथा भौतिक सामग्री सहयोग र विभिन्न सामाजिक संस्थाहरूसँगको सहकार्यमा मानवीय सेवाका कार्यहरू गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री