सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउने क्रममा काठमाडौँ उपत्यकाको दुई प्रमुख स्थानहरू नारायणहिटी पथ र कमलादी स्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ ।

गाडी चार्ज प्रा.लीसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको क्षमता ४० किलोवाट रहेको जानकारी दिएको छ । बैंकमा आज आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो चार्जिङ स्टेसनहरू शुभारम्भ गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणीय संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले इभी चार्जिङ स्टेसन स्थापना गर्ने रणनीति अघि सारेको र आगामी दिनमा सातै प्रदेश स्थीत आफ्नै भवनको प्रांगणमा चार्जिङ स्टेसनहरू स्थापना गरिने कुरा समेत बताए ।

उक्त चार्जिङ स्टेसनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ । सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्रहरू जडान गरी ग्राहकहरूलाई सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस अभियानले नेपालको दिगो ऊर्जा प्रयोग तथा प्रदूषण न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको बैंकले जनाएको छ । वातावरण एवं पर्यावरणको संरक्षण र बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणको लागि सातै प्रदेशमा बैंकले १८०० भन्दा बढी बिरुवाहरू रोपेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री