होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई झम्सिखेल, पुलचोक, ललितपुर स्थित होपफुल हराईजन नेपाल प्रा. लि मा मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच होपफुल हराईजन नेपाल प्रा. लि का तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रेष्ठले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमुख, अन्जु बस्नेतको पनि उपस्थिति थियो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजन नेपाल प्रा। लि मा पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

होपफुल हराईजन नेपाल प्रा. लि नेपालको एक दक्ष एवं अनुभवी विशेषज्ञहरूको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ्य सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आइरहेको बैंकले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री