बैंकिङ्ग

एनएमबी बैँकले घटायो ब्याजदर, कुन खातामा कति ?

काठमाडाैँ । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले आज (मंसिर २५ गते)बाट नै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैँकले यसअघिका कारोबारभन्दा घटाएर नयाँ ब्याजदर सार्बजनिक गरेको छ। बैँकले साधारण बचतखाता न्युनतम ४ दशमलव ६० प्रतिशतदेखि अधिकतम ६ दशमलव ६० प्रतिशत ब्यादर दिने जनाएको छ। बैँकले व्यक्तिगत मुद्दति निक्षेपमा न्युनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। त्यसैगरी बैँकले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ देखि …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई लघुवित्तले गर्‍यो लाभांश घोषणा

काठमाडाैँ । ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ८९ लाख रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५, बुढानीलकण्ठ, काठमाडौँकै चन्द्रागिरि नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरूबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७६ …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा अइतबार सम्पन्न गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,२६,७५,९१,७१६.७१ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । साथै आ.व. ०७९/८० को वित्तीय विवरण …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैँकले घटायो ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । एनआईसी एसिया बैँकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले पुस १ गतेदेखि नै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैँकले मंसिरको तुलनामा पुसमा बैँकले ब्याजदर घटाइएको जनाएको छ। बैँकले व्यक्तिगत मुद्दति निक्षेपमा मंसिर महिनामा अधिकतम ८ दशमलव ९७ प्रतिशत ब्याज दिंदै आएको थियो। पुसमा त्यसलाई घटाएर ८ दशमलव ६७ प्रतिशत ब्याज दिने बैँकले जनाएको छ। मुद्दतिमा न्यूनतम ७ प्रतिशतसम्म ब्याज दिने बैँकले जनाएको छ। बैंकले संस्थागत मुद्दति …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि आगन्तुक रिसोर्टमा छुट अफर

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छूटको अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि समझौता भएको छ । आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर सुरज बिष्टले हस्ताक्षर गरे । जसअनुसार रिसोर्टबाट सेवा लिदा सबै सेवाहरुमा १५ प्रतिशत छूट अफर पाइने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

कामना सेवा बैंकको साधारणसभा मिति तय, कहिले छ बुकक्लोज ?

काठमाडौं । कामना सेवा विकास बैंकले १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारण सभा आउँदो पुस १७ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभाका लागि बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ मंसिर २९ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्। बैंकले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच बीवाईडी गाडी खरिदकर्तालाई अटो लोन दिन सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित इनलाइटन मोटर्सबीच बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र कम्पनी बीचको यो सम्झौतामा बीवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ । यस सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८०५ सम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी …

पुरा पढ्नुहॊस »

रियल इस्टेट र शेयर कर्जाको जोखिम भार घट्यो, कर्जा पुनः संरचना चैत मसान्तसम्म थप

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै रियल इस्टेट र शेयर कर्जाको जोखिम भार घटाउनेदेखि कर्जा पुन संरचना र पुनःतालिकीकरण चैत मसान्तसम्म थप गर्ने र पोसिली रेट घटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको …

पुरा पढ्नुहॊस »

यस्तो छ राष्ट्र बैंकको पहिलो त्रैमासिक मौद्रिक समीक्षा (पूर्णपाठ)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षा गरेको छ । राष्ट्र बैंकको बोर्ड बैठक शुक्रबार बसेर केही नीतिगत हेरफेर गर्दै समीक्षा सर्वाजनिक भएको हो । राष्ट्र बैकले मौद्रिक नीतिको समीक्षा लचिलो भएको बताएको छ । बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई थप लचिलो बनाइएको बताएको हो । यसबाट आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा …

पुरा पढ्नुहॊस »