बैंकिङ्ग

नेपाल एसबिआई बैंकका ग्राहकलाई ओमकृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडाैं । नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले कैलालीको टीकापुरस्थित ओमकृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरको विभिन्न सेवामा छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकको सुदूरपश्चिम प्रदेशका प्रमुख सन्तोषकुमार भण्डारी र अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाईँले) हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाईं तथा बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।

पुरा पढ्नुहॊस »

१८औँ वर्षमा मुक्तिनाथ विकास बैंक, राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख सहयोग

काठमाडाैं ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले १७औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ। यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि रु ५ लाखको आर्थिक सहयोग गरेको छ। यसैगरी, बैंकका क्षेत्रीय कार्यालय …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाले लिए शपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । दिलीपकुमार ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले ल्यायो ‘भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सेवा

काठमाडौं । एभरेष्ट बैंकले ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सेवा सुरु गरेको छ । बैंकले बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना क्यूआर मर्चेन्टहरुका लागि ‘कोइली’का माध्यमबाट भुक्तानी भएको आवाजबाट जानकारी दिने सेवा सुरु गरेको हो । कोइलीसँगै बैंकको ‘इन्स्ट्यान्ट अडिओ पेमेन्ट नोटिफिकेसन (आईपीएन) टर्मिनलबाट मर्चेन्टहरुले पेमेन्ट अलर्ट नेपाली, नेवारी, मैथिली, भोजपुरी वा अंग्रेजीमा पाउनेछन् । क्यूआर स्क्यानमा गडबडी भएमा वा मेसेजबाट अलर्ट ढिलाइ हुनसक्ने आकलनसहित बैंकले कोइलीसँग सहकार्य गरेको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

लुम्बिनी र कर्णाली प्रदेशमा ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरेको हो । लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढि …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी र पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । बैंकका अनुसार उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरू बीच अन्तर्क्रिया कार्यक्रम …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारीलाई सम्मान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरूलाई सम्मान गरेको छ । बुधवार बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरेको हो । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले आयोजना गर्‍यो रक्तदान कार्यक्रम

काठमाडाैं । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरूपमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ। ग्लोबल आइएमई आज (मंगलबार) देखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथसाथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो। यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बागमती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा १ हजारसम्म छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुको सेवा तथा सुविधलाई ध्यानमा राखी बैंकले यस्तो सम्झौता गरेको हो । प्राप्त गर्न सकिने छुट निम्नलिखित छन् :-

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक वार्षिकोत्सवको अवसरमा ५ हजारसम्म हातपर्ने योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको हो । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत रु २०० वा सो भन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत रु २०० को टपअप प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि २५ गते सम्मका …

पुरा पढ्नुहॊस »