तीजको उमङ्गमा सिटिजन्स बैङ्कको साथ: महिलाहरूलाई लकरमा ५०% छुटको खुसीयाली

काठमाडौं । हरितालिका तीजको पावन अवसरमा नारी शक्तिको सम्मान र वित्तीय सुरक्षामा विशेष योगदान पुर्‍याउने उद्देश्यले सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले महिला ग्राहकहरूका लागि ‘तीज विशेष लकर अभियान’ घोषणा गरेको छ । यस अभियानले महिलाहरूको अमूल्य सम्पत्तिलाई सुरक्षित राख्ने बैङ्कको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।

आकर्षक छुटको व्यवस्था:

यस विशेष अभियान अन्तर्गत, वि.सं. २०८२ भदौ ८ देखि १३ गते (अगस्ट २४ देखि २९, २०२५) सम्म लकर सेवाका लागि आवेदन दिने सम्पूर्ण महिला ग्राहकहरूले पहिलो वर्षको वार्षिक लकर शुल्कमा आकर्षक ५०% छुट प्राप्त गर्नेछन्। दोस्रो वर्षदेखि भने नियमित शुल्क लागु हुनेछ।

सुरक्षित भण्डारणमा बैङ्कको अग्रणी भूमिका:

देशभरका ८७ शाखाहरूबाट १०,००० भन्दा बढी लकर सेवाहरू उपलब्ध गराउँदै आएको सिटिजन्स बैङ्कले सुरक्षित जमानी सेवामा निरन्तर सुधार गर्दै आएको छ। यो तीज अभियानले लकर सेवाको उपयोग दर बढाउनुका साथै महिलाहरूलाई सुरक्षित, भरपर्दो र आधुनिक बैंकिङ सेवातर्फ प्रोत्साहन गर्ने बैङ्कको प्रमुख उद्देश्य रहेको छ।

सिर्जनात्मक नेतृत्वका साथ वित्तीय क्षेत्रमा अग्रसर सिटिजन्स बैकले भनेको छ, ‘तीज भक्ती, समृद्धि र एकताको प्रतीक हो। यस अवसरमा हामी हाम्रा महिला ग्राहकहरूलाई समर्पित यो अभियानमार्फत उनीहरूको अमूल्य सम्पत्तिलाई विश्वास र सुरक्षासहित सुरक्षित राख्न पाउँदा गौरवान्वित छौं। यो पहलले वित्तीय समावेशीकरण र महिलाको सशक्तिकरणमा बैङ्कको व्यापक दृष्टिकोणलाई पनि प्रतिविम्बित गर्दछ।’

अन्य विशेष अफरहरू:

सिटिजन्स बैङ्कले यस तीज अभियानसँगै चालु आर्थिक वर्ष २०८२/८३ मा अन्य आकर्षक लकर अफरहरू पनि ल्याएको छ:

  • विशेष छुट: बैङ्कका सबैभन्दा माथिल्लो र तल्लो भागमा रहेका खाली लकरहरूमा विशेष छुटको व्यवस्था।

  • नयाँ दम्पतीका लागि सुविधा: वि.सं. २०८२ वैशाखदेखि २०८३ असारभित्र विवाह गर्ने नयाँ दम्पतीहरूका लागि विशेष सुविधा।

सिटिजन्स बैङ्क आफ्ना ग्राहकहरूलाई नजिकको शाखामा पुगेर यस विशेष पर्विय अफरको लाभ लिन हार्दिक अनुरोध गर्दछ। यो अभियानले महिला ग्राहकहरूलाई सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैङ्कले लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री