सिटिजन्स बैंकको ‘सेमिनार अन् कोशी लिडरसिप : इन्स्पाएरिङ्ख पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सेमिनार अन् कोशी लिडरसिप : इन्स्पाएरिङ्ख पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ ।

सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो ।

सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको छ । हालै मधेस र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको र त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको र अरु प्रदेशहरूमा पनि यसै गरी क्रमशः आयोजना गरिन बैंकले जानकारी दिएको छ ।

कोशी केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री