बैंकिङ्ग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेस प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गरे । शाखा सञ्चालनसँग आर्थिक कारोबार गर्न सो भेगका स्थानीयलाई सहज हुने उनले विश्वास व्यक्त गरे । उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास …

पुरा पढ्नुहॊस »

नबिल बैंकले दियो गृहिणीलाई डिजिटल साक्षरता तालिम

काठमाडौं । नबिल बैंकको सहयोगमा ‘डिजिटल साक्षरता अभिवृद्धि’ सम्बन्धी तालिम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नं.–५ मा ३ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा २४ जना गृहिणी महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो। तालिमबाट प्रशिक्षार्थीहरूले मोबाइल बैंकिङका साथै विभिन्न वालेटमार्फत दैनिक उपभोग्य सामग्री खरिददेखि धारा, बत्ती, फोन, स्कूल तथा कलेजको शुल्क तिर्न सिक्नुका साथै डिजिटल्ली पैसा भुक्तानी गर्न सिकेका हुन्। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा.नं–५ का वडाअध्यक्ष वीरेन्द्र प्रजापतिले नबिलले दिदीबहिनीलाई …

पुरा पढ्नुहॊस »

विराटनगरमा एनएमबी बैंक र यूएसएडको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबी बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड)सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकले साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो। उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो। सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्था र धार्मिक संघलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुले विभिन्न संस्था र धार्मिक संघलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो । बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पर्याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए । त्यसैगरी बैंकको गोगंबु शाखाद्वारा काठमाडौं …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकका लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं. ०६ पोखरे आधारभुत बिद्मालयमा १८० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो । नेपाल परिवार …

पुरा पढ्नुहॊस »

अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न एनएमबि बैंकको २५ लाख सहयोग

काठमाडौँ । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने उद्देश्यसहित यो सहयोग गरिएको बैंकले जनाएको छ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र हस्पतालका अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको ‘सीएसआर’मा डस्टबिन हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत शाखा कार्यालय बिर्तामोडले हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गरेको छ । सो अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका हुन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले गर्‍यो पुस्तकालय भवन निर्माणमा

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका सातै वटा प्रदेशमा विभिन्न विद्यालयहरु छनौट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढ्ने क्रममा सुदूरपश्चिम प्रदेशमा बैंकले विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हो । यस नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत …

पुरा पढ्नुहॊस »