बैंकिङ्ग

नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न ३५ दिनभित्र राष्ट्र बैंकको अनुमति लिनुपर्ने (सूचनासहित)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडाैं । अब नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले नेपालीले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामुलक सूचना जारी गर्दै नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली जम्मा गर्न सक्ने भएपनि त्यस्तो रकम व्यक्ति नेपाल फर्किसकेको अवस्थामा समेत विदेशमा नै राख्न चाहेमा स्वीकृति लिनुपर्ने स्पष्ट पारेको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा …

पुरा पढ्नुहॊस »

एनएमबी लघुवित्तले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने

काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने भएको छ । कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक स्वामत्विबाट ६० प्रतिशतमा झार्ने र सर्वसाधारण समूहतर्फको सेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएको हो । उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई कम्पनीले जानकारी दिएको छ । सेयर घटबढ गराउनेसम्बन्धी प्रस्तावमा निर्णय हुँदा कम्पनीको ११ औं वार्षिक …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन्। एक कार्यक्रमबीच आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाएका हुन्। पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमँ राखेर काम गर्ने बताए। बैंकको डिजिटलाइजेसनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको ‘हजुरको प्रगतिको सहयात्री’ भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र आषाढ महिनामा पार्टनर फर प्रोग्रेस (#partnerforprogress) र हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिताको समाप्ति सँगै छानिएका उत्कृष्ट तीन विजेतालाई …

पुरा पढ्नुहॊस »

नेपाल एसबीआई बैंकद्वारा हलेसी महादेव मन्दिरलाई सहयोग

काठमाडौँ । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका गरेका हुन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन …

पुरा पढ्नुहॊस »

समाज डेन्टल हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई समाज डेन्टल हस्पिटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । समाज डेण्टल हस्पिटल र प्रभु बैंक लि. बिच ग्राहकहरूलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । बैंकका अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले क्रमशः १५ प्रतिशत …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर (विज्ञापनसहित)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि विज्ञापन प्रकाशित गरेको छ । विज्ञापनअनुसार सहायकदेखि सहायक निर्देशकसम्मका लागि ५२ जनाका लागि दरखास्त आह्वान गरिएको छ । ती मध्ये ३४ सहायक निर्देशक, १३ प्रशासनतर्फको सहायक र ५ जना प्राविधिक तर्फको सहायकमा दरखास्त माग गरिएको हो ।

पुरा पढ्नुहॊस »

प्रभु बैँक र बुद्ध एयर बिच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थद्वारा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत …

पुरा पढ्नुहॊस »

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गरेको हो । उनको कार्यकाल भदौ २ देखि लागू हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा रहेको नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। यससम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ बानेश्वर– काठमाडौं र कौशलटार–भक्तपुरस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट …

पुरा पढ्नुहॊस »