महालक्ष्मी विकास बैंकको चाडपर्व लक्षित अफर: क्रेडिट कार्डबाट टुर प्याकेज खरिदमा EMI सुविधा

काठमाडौं । अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरूलाई लक्षित गरी ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकको क्रेडिट कार्ड प्रयोग गरी टुर तथा भ्रमण प्याकेजहरू खरिद गर्न सकिने सुविधाको सुरुवात गरिएको छ । चाडपर्वका बेला नेपालीहरूमा बढ्दो विदेश भ्रमणको प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो ।

यसका लागि बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरूसँग व्यावसायिक सहकार्यका लागि सम्झौता समेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकहरूले गुरु ट्राभल्स लि., दरबारमार्ग र भिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाडौँ मार्फत यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार, महालक्ष्मी विकास बैंकका क्रेडिट कार्डवाहकहरूले यी ट्राभल एजेन्सीहरूबाट विभिन्न टुर प्याकेज खरिद गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गर्न सक्नेछन् । साथै, खरिद गरिएको टुर प्याकेजको रकम ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधिका लागि मासिक किस्ता (EMI) मा रूपान्तरण गर्न सकिनेछ । ग्राहकले टुर प्याकेजको बिल पेस गरेपश्चात् महालक्ष्मी विकास बैंकले सहज रूपमा उक्त कारोबारलाई मासिक किस्तामा परिणत गरिदिनेछ र यसरी मासिक किस्तामा रूपान्तरण गर्दा बैंकले कुनै पनि EMI प्रोसेसिङ शुल्क लिने छैन ।

यस पहलसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न तथा चाडपर्वहरूलाई थप उत्साहपूर्ण र अर्थपूर्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै आफ्नो मोबाइल बैंकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा पनि थप गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १३ शाखा कार्यालयहरू र ८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री