महिला उद्यमी महासंघका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा विशेष छुट सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता सम्पन्न भएको छ। महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस सहकार्यमार्फत महासंघका सदस्य महिलाहरूलाई विशेष बैंकिङ सुविधा प्रदान गरिने भएको छ।

सम्झौतामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार, महासंघका सदस्यलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ व्यवसायमा संलग्न हुन चाहनेलाई छुटसहितको कर्जा प्रवाहमा प्राथमिकता दिने व्यवस्था गरिएको छ। साथै, वित्तीय साक्षरताका विशेष सेवा पनि उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकले आफ्ना २७५ वटा शाखामार्फत यी सेवाहरू कार्यान्वयन गर्ने जनाएको छ। यसरी प्रदान गरिने छुट तथा सुविधा सदस्य महिलालाई व्यवसाय विस्तार र नयाँ उद्यम स्थापना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नु बैंकको दीर्घकालीन प्राथमिकता रहेको उल्लेख गरे। उनले यस सहकार्यले महिला व्यवसायलाई थप सशक्त बनाउन र वित्तीय पहुँच विस्तार गर्न टेवा दिने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री