आई.सी. एशिया बैंकका ग्राहकहरूलाई स्वस्थ मल्टीस्पेशियालिटी हस्पिटलमा विशेष छुट

काठमाडौं । आई.सी. एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरूलाई स्वास्थ्य सेवामा विशेष सुविधा प्रदान गर्ने उद्देश्यले धनगढी, कैलालीस्थित स्वस्थ मल्टीस्पेशियालिटी हस्पिटल प्रा.लीसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, बैंकका ग्राहकहरूले स्वस्थ मल्टीस्पेशियालिटी हस्पिटलमा विभिन्न स्वास्थ्य सेवाहरू लिँदा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो सहकार्यले बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा वित्तीय भार कम गर्न मद्दत पुग्नेछ। सम्झौता अनुसार, आई.सी. एशिया बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी अथवा बैंकको मोबैंक (MoBank) एप मार्फत डिजिटल भुक्तानी गर्दा यो छुटको लाभ लिन सकिनेछ ।

कुन-कुन सेवाहरूमा छुट प्राप्त हुनेछ?

बैंकका ग्राहकहरूले स्वस्थ मल्टीस्पेशियालिटी हस्पिटलमा उपलब्ध निम्न सेवाहरूमा १५% सम्मको छुट सुविधा उपभोग गर्न सक्नेछन्:

  • जनरल बेड-हस्पिटल एडमिट (General Bed-Hospital Admit)

  • क्याबिन-हस्पिटल एडमिट (Cabin-Hospital Admit)

  • आई.सी.यू. बेड (ICU Bed)

  • भेन्टिलेटर (Ventilator)

  • जनरल सर्जरी (General Surgery)

  • अर्थोपेडिक (Orthopedic)

  • गाइनेकोलोजी (Gynecology)

  • ल्याप्रोस्कोपिक अपरेशन (Laparoscopic Operation)

  • प्याथोलोजी टेस्ट (Pathology Test)

  • भिडियो एक्स-रे (Video X-ray)

  • एक्स-रे (X-ray)

  • ई.सी.जी. (ECG)

  • ई.सी.एच.ओ. (ECHO)

  • टी.एम.टी. (T.M.T.)

  • एन्डोस्कोपी / मेडिसिन (Endoscopy / Medicine)

यस सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नुका साथै देशमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने बैंकको लक्ष्यमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल नेपालको अवधारणालाई मूर्तरूप दिन यो एक महत्वपूर्ण कदम साबित हुनेछ ।

आई.सी. एशिया बैंक लिमिटेड ले सधैँ आफ्ना ग्राहकहरूको सुविधा र हितलाई प्राथमिकतामा राख्दै आएको छ । यस प्रकारका सहकार्यले ग्राहकहरूलाई विविध क्षेत्रमा लाभान्वित गराउन बैंक कटिबद्ध रहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाँ ले जानकारी दिए । आई.सी. एशिया बैंक, नेपालको अग्रणी वित्तीय संस्थाहरू मध्ये एक, आफ्ना ग्राहकहरूलाई आधुनिक र सुलभ बैंकिङ सेवा प्रदान गर्न निरन्तर प्रयासरत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप