मेलम्चीको पानी बन्द भएपनि वैकल्पिक स्रोतबाट खानेपानी वितरण गरिने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मनसुनका कारण पानी वितरण कार्य बन्द गरेपछि काठमाडौं उपत्यकामा वैकल्पिक स्रोतबाट खानेपानी वितरणको प्रयास भइरहेको जानकारी दिएकाे छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन सक्रिय भई निरन्तर वर्षा भइरहेकाले सम्भावित क्षति न्यूनीकरण गर्न मेलम्ची खानेपानी विकास समितिले असार १९ गतेदेखि पानी वितरण बन्द गरेको जनाएको हो ।

केयूकेएलका अनुसार मेलम्चीको पानी आपूर्ति बन्द भएपछि उपत्यकाका उपभोक्तालाई विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरी वितरण गर्ने कार्य भइरहेको छ । वर्षाका कारण खानेपानी सेवा थप प्रभावित नहोस् भनेर मौजुदा स्रोतको अधिकतम उपयोग गर्दै वितरण तालिका व्यवस्थित गर्न सबै शाखा कार्यालयलाई निर्देशन दिएको कम्पनीले जनाएको छ । मेलम्ची पानी पथान्तरण कार्य सहज भएपछि उपलब्धताको आधारमा पुनः वितरण गरिने केयूकेएलले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री