सहकारी महासंघविरुद्धको रिले अनसन स्थगित

काठमाडौं । सहकारी बचाऔँ राष्ट्रिय अभियानले राष्ट्रिय सहकारी महासंघविरुद्ध सुरु गरेको आन्दोलन स्थगित गरेको छ । तरलता अभावलगायतका समस्यालाई महासंघले सामूहिक समस्याका रूपमा स्वीकार नगरेको भन्दै अभियानले सोमबारदेखि रिले अनसन सुरु गरेको थियो ।

अभियानले फागुन २ गते महासंघमा बुझाएको १३ बुँदे ज्ञापनपत्रको माग सम्बोधन नभएको भन्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार रिले अनसन सुरु गरेकोमा महासंघको आग्रहमा स्थगित गरिएको अभियानका संयोजक विपिन शर्माले हिमालय टाइम्सलाई बताउनुभयो ।

यही चैत २३ देखि २४ गतेसम्म हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई मध्यनजर गर्दै अनसन स्थगित गरिएको उहाँको भनाइ छ । संयोजक शर्माले भन्नुभयो, ‘महासम्मेलनपछि सहकारी क्षेत्रका समग्र माग सामूहिकरूपमै अघि बढाउने महासंघले प्रतिबद्धता जनाएपछि अनसन कार्यक्रम स्थगित गरेका छौँ ।’ तथापि उहाँले महासम्मेलनको पूर्वसन्ध्यामा काठमाडांै र ललितपुरका सहकारीकर्मीले माग सम्बोधनका लागि दबाब दिन चैत २० गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस