नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री खाणले निकाले विज्ञप्ति

काठमाडौं । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारले आफ्नो चरित्रहत्या भएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै नेता खाणले आफ्नो नाम जोडेर प्रकाशित भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाणको नाम समेत मुछेर समाचार प्रकाशन भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस