यसरी हेर्नुहोस् डिभीको रिजल्ट

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा सार्वजनिक भएको हो ।

अमेरिकी डिभी परे/नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ । नतिजा चेक गरेको पैसा लाग्दैन ।

इडिभी पर्यो कि परेन भनेर https://www.dvlottery.state.gov लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ । यदी छनोट भएको खण्डमा उनीहरुले आगामी अक्टोबरदेखि अमेरिकाको भिसा पाउन थाल्नेछन् ।

कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हरायो भनेपनि चिन्ता गर्नु नपर्ने भएको छ । डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस