सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा नजाने निर्णय गरेको छ । यस्तै हाल माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र विपक्षी बेन्चमा बस्ने निर्णय गरेको हो । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आएपनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप