News desk

ईसेवाको बम्पर विजेता पूर्ण बहादुर श्रेष्ठ नेपाल आउने

काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौँमा घर जित्न सफल भएका छन् । बुधबार, लुलु एक्स्चेन्ज र ईसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा,सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो । ईसेवा मनि ट्रान्सफरका, सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारीले उक्त कार्यक्रममा पूर्ण बहादुर श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन् । कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको सहयोगमा पाठेघर क्यान्सरको निःशुल्क जाँच शिविर

काठमाडौँ । सिद्धार्थ बैंकको सहयोगमा जेठ २० गते शनिबार चन्द्रागिरि नगरपालिका- ४ को प्राथमिक अस्पताल थानकोट परिसरमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच शिविर आयोजना भएको छ । उक्त कार्यक्रम सिद्धार्थ, नेपाल क्यान्सर केयर फाउन्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको थियो । पाठेघर क्यान्सरको सचेतनाका साथै महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै …

पुरा पढ्नुहॊस »

स्वरुपराजको धुँवा धुँवा बजारमा

काठमाडौं । गायक स्वरुप राज आर्चायको स्वर रहेको धुँवा धुँवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोको निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमकाबिच भिडियो रिलिज गरेको हो । सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थिती रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ । सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द रहेको छ भने संगीत यदिन गजमेरको रहेको छ । गीतकार कमला र संगीतकार यदिन सांगीतिक क्षेत्रमा …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकले दराजका बिक्रेतालाई बिनाधितो कर्जा प्रदान गर्ने

काठमाडौँ । एनएमबी बैंक लिमिटेड र दराज नेपालबीच दराजका बिक्रेताहरुलाई बिनाधितो विद्युतीय कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। विशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा रु. ५ लाखसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उदेश्य राखिएको बैंकले जनाएको छ। सम्झौतापत्र एनएमबी बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुँवरले आदान प्रदान गरेका …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ। फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको बैंकले जनाएको छ। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरुलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजिमा …

पुरा पढ्नुहॊस »

पैसाबिना कुनै पनि काम नहुने प्रवृत्ति बढेको छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले पैसा विना कुनै पनि काम नहुने प्रवृत्ति बढेको गुनासो गरेका छन् । एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरे । अहिले जताततै भ्रष्टाचार देखिन थालेको नेपालको भनाइ थियो । ‘समाजमा भ्रष्टाचार नाङ्गो रूपमा आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण त्यसैको …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहिबार प्रति तोला १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय …

पुरा पढ्नुहॊस »

एसिया कपका लागि नेपाली टिम घोषणा, को-को परे ? (सूचीसहित)

काठमाडौँ । हङकङमा हुने एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको महिला टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए टिमसंगै समूह ए मा परेको छ । समूह ए मा आयोजक हङकङ समेत रहेको छ । पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानको …

पुरा पढ्नुहॊस »

आजदेखि ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ हलमा

काठमाडौँ । शुक्रबार एकसाथ दुई नयाँ नेपाली फिल्म ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ रिलिज भएको छ । फरक कथामा बनेको यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । ‘नीरफूल’ भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्षको कथा हो, भने ‘वेलकम टु हेम्जाकोट’ले बेरोजगार ४ युवाको कथा पेस गरेको छ । दुवै फिल्म राम्रो भएको र राम्रो व्यवसाय गर्ने दाबी निर्माण युनिटको छ …

पुरा पढ्नुहॊस »

कांग्रेसको सचेतकमा सुशीला थिङ

काठमाडौं । नेपाली कांग्रेसको सचेतक पदमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले सांसद थिङलाई बिहीबार सचेतकमा मनोनयन गरेका हुन् । देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै थिङलाई सचेतकमा मनोनयन गरेको जानकारी दिएका छन् । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४)को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गरेका हुन् ।

पुरा पढ्नुहॊस »