सिद्धार्थ बैंकको सहयोगमा पाठेघर क्यान्सरको निःशुल्क जाँच शिविर

काठमाडौँ । सिद्धार्थ बैंकको सहयोगमा जेठ २० गते शनिबार चन्द्रागिरि नगरपालिका- ४ को प्राथमिक अस्पताल थानकोट परिसरमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच शिविर आयोजना भएको छ ।

उक्त कार्यक्रम सिद्धार्थ, नेपाल क्यान्सर केयर फाउन्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको थियो । पाठेघर क्यान्सरको सचेतनाका साथै महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य रहेको जनाएको छ । यसले समाजमा सकारात्मक प्रभाव पुग्ने विश्वास बैंकको छ । सिद्धार्थ बैंकका देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन काउन्टर सहित), ११९ शाखारहित बैंकिङ सेवा, २२० एटिएम छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री