News desk

अब नयाँ ऐन अनुसार नागरिकता वितरण हुने, गृहले गर्‍यो ७७ वटै जिल्लामा परिपत्र

काठमाडौं । आइतबारदेखि नागरिकता प्रमाणपत्र नयाँ नागरिकता ऐन अनुसार वितरण हुने भएको छ । गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न भनेको हो । सबै जिल्ला प्रशासनहरूले आइतबारदेखि सोही अनुसार नागरिकता वितरण थाल्ने भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता ऐन प्रमाणीकरण गरेका थिए । प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा चार कुरा परिवर्तन गरेको छ …

पुरा पढ्नुहॊस »

प्रेस युनियन उपत्यका प्रदेश अध्यक्षमा लिलाराज खनाल

काठमाडौं – नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले २३ सदस्यीय कार्यसमिति गठन गरेको छ । लिलाराज खनालको अध्यक्षतामा नवगठित कार्यसमितिको उपाध्यक्षमा पुष्कर बुढाथोकी (खुल्ला), सीता न्यौपाने (महिला) र निरज तामाङ (समावेशी) चयन भएका छन् । त्यस्तै महासचिवमा साइला तामाङ, सचिवहरुमा अमृत पौडेल, केशव ढुंगाना, विष्णु पन्थी चयन भएका छन् भने कोषाध्यक्षमा शंकर …

पुरा पढ्नुहॊस »

ओडिशामा भयानक रेल दुर्घटना : अहिलेसम्म २२३ जना मृत्यु, ९ सयभन्दा बढी घाइते

काठमाडौँ । भारतको ओडिशाको बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटना बालासोरको बहंगा बजार स्टेशन नजिकै साँझ ७ बजे भएको हो । भारतीय पत्रिका दैनिक भास्करकाअनुसार कोलकाताबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेस र यशवंतपुर-हावडा एक्सप्रेस बहनगा नजिक पटरीबाट खसेका थिए । त्यसपछि कोरोमण्डल ट्रेलसँग मालगाडी ठोक्किएको थियो । एक रेल अधिकारीले पहिले यशवंतपुर-हावडा एक्सप्रेस पटरीबाट खसेको, …

पुरा पढ्नुहॊस »

सोविता गौतम वैवाहिक बन्धनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ क्षेत्र नम्बर २ की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । सोविता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सदस्यको उपस्थितिमा विवाह गरेकी हुन् । गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् । सोविता हाल जापान भ्रमणमा छिन् ।

पुरा पढ्नुहॊस »

विपन्नलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताए । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका हुन् । उनले अस्पताल सञ्चालको स्वीकृति लिँदा दश प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भए पनि सो प्रावधान पूर्ण रुपमा …

पुरा पढ्नुहॊस »

नगरिकता विधेयक प्रमाणीकरण र रेशमलाई आममाफी दिने निर्णयविरुद्ध संघर्ष गर्छौं : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताए । प्रेस युनियन नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू …

पुरा पढ्नुहॊस »

रिलायबल नेपाल लाइफले गर्‍यो क्रिकेट खेलाडीहरुको म्यादी बीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको म्यादी बीमा गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत क्रिकेट खेलाडीहरुको आज आयोजित एक कार्यक्रमका बीच म्यादी बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको सीईओ नारायणबाबु लोहनीले जनाएका छन् । उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडाीहरुलाई प्रोत्साहन गर्न यो सहयोग गरिएको बताए । कम्पनीले छोटो समयमै ५० लाख भन्दा …

पुरा पढ्नुहॊस »

‘आइएमई पे’लाई ‘सिसा पिसिआई डिएसएस’ प्रमाणीकरण प्राप्त

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ । स्थापनाकाल देखिनै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो । सो प्रमाणीकरण प्रत्येक वर्ष …

पुरा पढ्नुहॊस »

जीप दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीन जनाको खुल्यो पहिचान

काठमाडौं । सुनकोशी नदीमा बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली …

पुरा पढ्नुहॊस »

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

काठमाडौँ । गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरी नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । र यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको …

पुरा पढ्नुहॊस »