स्वरुपराजको धुँवा धुँवा बजारमा

काठमाडौं । गायक स्वरुप राज आर्चायको स्वर रहेको धुँवा धुँवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोको निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमकाबिच भिडियो रिलिज गरेको हो ।

सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थिती रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ । सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द रहेको छ भने संगीत यदिन गजमेरको रहेको छ । गीतकार कमला र संगीतकार यदिन सांगीतिक क्षेत्रमा यसअघि नै राम्रा राम्रा सांगीतिक कोशेलीहरु पस्किसकेका स्रष्टाहरु हुन् । धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनको मिक्सिगं तथा मास्टरिगं रहेको छ ।

जसमा प्रान्जल न्यौपाने र स्मृती श्रेष्ठको अभिनय रहेको छ । व्यबस्तताकाबिच एक्लिएका एक प्रेमीको मनमा खड्कीएको एक्लोपनालाई भिडियोले देखाएको छ । जसमा मानिसको जिन्दगीमा आइपर्ने अनेक आरोह अवरोहरुलाई कलात्मक शैलीमा निर्देशक केशबराज भट्टले भिडियोमा देखाएका छन् ।

उद्धब दाहालको छायांकन रहेको भिडियोको सम्पादन बिकास धमलाले गरेका हुन् । प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after