News desk

ऋण नतिर्नेको सवारी र जग्गा बेच्दै मुक्तिनाथ विकास बैंक

काठकाडौं । मुक्तिनाथ विकास बैंकले धितो बेचेर कर्जा अशुली गर्ने भएको छ । बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने बैंकले बताएको छ । बैंकको यनरुवा शाखा कार्यालयबाट माँ भगवती पुस्तक भण्डारका सञ्चालक राजकुमार यादवले कर्जा लिएर चुक्ता नगरेपछि जग्गा र सवारी साधन बिक्री गर्ने …

पुरा पढ्नुहॊस »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडाैं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । यहि जेठ २० गते शनिबार देखि २२ गते सोमबार (तीन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ । माछापुच्छ्रे बैंकले द्वितिय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका …

पुरा पढ्नुहॊस »

प्रोमेटका सामग्री ल्याउँदै सेल्लुसिटी

काठमाडौं । भिभो मोबाइललगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ताइवानको परिचित ‘प्रोमेट’ ब्राण्डका सामग्री पनि नेपाल भित्र्याएको छ । प्रभावकारी वितरण सञ्जाल भएको सेल्लुसिटीले अनलाइन माध्यमबाट प्रोमेटका उपकरण वितरण गर्ने सोच बनाउँदै दराज अनलाइन स्टोरसँग सहकार्य गरेको छ । कम्पनीका अनुसार सन् २००१ मा स्थापना भएर बजारमा उपकरणहरू उपलब्ध गराउँदै आएको प्रोमेट हालसम्म लाखौं ग्राहकको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कार पनि प्राप्त …

पुरा पढ्नुहॊस »

ईसेवाको बम्पर विजेता पूर्ण बहादुर श्रेष्ठ नेपाल आउने

काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौँमा घर जित्न सफल भएका छन् । बुधबार, लुलु एक्स्चेन्ज र ईसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा,सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो । ईसेवा मनि ट्रान्सफरका, सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारीले उक्त कार्यक्रममा पूर्ण बहादुर श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन् । कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको सहयोगमा पाठेघर क्यान्सरको निःशुल्क जाँच शिविर

काठमाडौँ । सिद्धार्थ बैंकको सहयोगमा जेठ २० गते शनिबार चन्द्रागिरि नगरपालिका- ४ को प्राथमिक अस्पताल थानकोट परिसरमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच शिविर आयोजना भएको छ । उक्त कार्यक्रम सिद्धार्थ, नेपाल क्यान्सर केयर फाउन्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको थियो । पाठेघर क्यान्सरको सचेतनाका साथै महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै …

पुरा पढ्नुहॊस »

स्वरुपराजको धुँवा धुँवा बजारमा

काठमाडौं । गायक स्वरुप राज आर्चायको स्वर रहेको धुँवा धुँवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोको निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमकाबिच भिडियो रिलिज गरेको हो । सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थिती रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ । सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द रहेको छ भने संगीत यदिन गजमेरको रहेको छ । गीतकार कमला र संगीतकार यदिन सांगीतिक क्षेत्रमा …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकले दराजका बिक्रेतालाई बिनाधितो कर्जा प्रदान गर्ने

काठमाडौँ । एनएमबी बैंक लिमिटेड र दराज नेपालबीच दराजका बिक्रेताहरुलाई बिनाधितो विद्युतीय कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। विशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा रु. ५ लाखसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उदेश्य राखिएको बैंकले जनाएको छ। सम्झौतापत्र एनएमबी बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुँवरले आदान प्रदान गरेका …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ। फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको बैंकले जनाएको छ। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरुलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजिमा …

पुरा पढ्नुहॊस »

पैसाबिना कुनै पनि काम नहुने प्रवृत्ति बढेको छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले पैसा विना कुनै पनि काम नहुने प्रवृत्ति बढेको गुनासो गरेका छन् । एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरे । अहिले जताततै भ्रष्टाचार देखिन थालेको नेपालको भनाइ थियो । ‘समाजमा भ्रष्टाचार नाङ्गो रूपमा आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण त्यसैको …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहिबार प्रति तोला १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय …

पुरा पढ्नुहॊस »