काठकाडौं । मुक्तिनाथ विकास बैंकले धितो बेचेर कर्जा अशुली गर्ने भएको छ । बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।
बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने बैंकले बताएको छ । बैंकको यनरुवा शाखा कार्यालयबाट माँ भगवती पुस्तक भण्डारका सञ्चालक राजकुमार यादवले कर्जा लिएर चुक्ता नगरेपछि जग्गा र सवारी साधन बिक्री गर्ने भएको हो ।
व्यक्तिगत जमानीकर्ता हरी माया यादवको नाममा रहेको इनरुवा नगरपालिका १ स्थित कित्ता नम्बर ०-१-०-० क्षेत्रफल भएको जग्गा बिक्रीमा राखिएको हो । को २ च १६१४ नम्बरको सन् २०१८ मा बनेको निजी पिकप टाटा मोटर्स बिक्रीमा राखिएको हो ।
बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।




